अटो चालकहरूलाई प्राथमिक उपचारसहित ‘बेसिक लाइफ सपोर्ट’को एक दिने तालिम

अटो चालकहरूलाई प्राथमिक उपचारसहित ‘बेसिक लाइफ सपोर्ट’को एक दिने तालिम

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १८ गते सोमबार ०९:२२

ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले दुर्घटना वा अन्य स्वास्थ्य आपत्कालका समयमा अटो चालकहरू घटनास्थलमा सबैभन्दा पहिले पुग्ने सम्भावना भएकाले उहाँहरूले प्रारम्भिक उद्धारकर्ता (First Responder) को भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । सोही अवस्थालाई ध्यानमा राखी उहाँहरूका लागि पूर्व–तयारीस्वरूप यो प्राथमिक उपचार तथा BLS सम्बन्धी तालिम प्रदान गरिएको हो ।

सो तालिममा ४५ जनाले भाग लिएका थिए भने तीमध्येमा चारजना महिला थिए ।

भोटेओडार(लमजुङ)– जिल्ला अटो चालकहरूलाई प्राथमिक उपचारसहित ‘बेसिक लाइफ सपोर्ट’को एक दिने तालिम दिइएको छ । लमजुङको ईलाका प्रहरी कार्यालय भोटेओडारको आयोजना तथा एचडीसीएस– नमुना सामुदायिक अस्पताल, सुन्दरबजारको प्राविधिक सहयोगमा अटो चालकहरूका लागि प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्यसम्बन्धी तालिम असोज १८ गते भएको हो ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले दुर्घटना वा अन्य स्वास्थ्य आपत्कालका समयमा अटो चालकहरू घटनास्थलमा सबैभन्दा पहिले पुग्ने सम्भावना भएकाले उहाँहरूले प्रारम्भिक उद्धारकर्ता (First Responder) को भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । सोही अवस्थालाई ध्यानमा राखी उहाँहरूका लागि पूर्व–तयारीस्वरूप यो प्राथमिक उपचार तथा BLS सम्बन्धी तालिम प्रदान गरिएको हो ।
सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको उक्त प्रशिक्षण उपलब्धिपूर्ण रहेको देखिन्छ । सो अवसरमा अस्पतालका ओपीडी÷इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकाल तथा सामाजिक सेवा विभाग प्रमुख एवम् मनोविमर्शदाता शोभा ठकुरीले तालिममा प्रशिक्षण दिनुभएको थियो । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले उक्त कार्यक्रमको उद्देश्य तथा आपत्कालीन अवस्थामा अटो चालकहरूको भूमिकाबारे जानकारी दिनुभएको थियो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका र दोर्दी गाउँपालिका क्षेत्रमा अटो चलाउने चालकहरूलाई दुर्घटना वा स्वास्थ्य आपत्कालको समयमा बिरामीको ज्यान जोगाउन अपनाउनु पर्ने ‘बेसिक लाइफ सपोर्ट’ (BLS), प्राथमिक उपचार, बिरामीलाई सुरक्षित रूपमा ओसारपसार गर्ने तरिका तथा स्थानीय स्रोत–साधनको प्रयोग गरी स्ट्रेचर (Stretcher) निर्माण गर्ने तरिका सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो ।
तालिमका क्रममा सहभागी सम्पूर्ण अटो चालकहरूको निःशुल्क रक्तचाप (Blood Pressure) तथा रक्तचिनी (Blood Sugar) परीक्षण समेत गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय भोटेओडारका लेखापाल सुनु विकले स्वागत गर्र्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सो तालिममा ४५ जनाले भाग लिएका थिए भने तीमध्येमा चारजना महिला थिए ।

प्रकाशित मिति २०८३ आश्विन १९, सोमबार ०९:२२ गते
हजुरको प्रतिक्रिया