फलामे पासोमा परेर फसेको चितुवाको मध्यरातमा उद्धार गरी पोखरा पठाइयो

फलामे पासोमा परेर फसेको चितुवाको मध्यरातमा उद्धार गरी पोखरा पठाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १८ गते सोमबार ०६:४५

यो घट्नासँगै यस्ता पासोका साँचो कसले के प्रयोजनका लागि थापेका थिए ? वा थाप्ने गर्दछन् ? त्यसको गहन अनुसन्धान गरी दुर्लभ वन्य जन्तु तथा जडिबुटीको चोरी शिकारी नियन्त्रणमा ठोस कदम चाल्न आवश्यक रहेको भन्दै यसतर्फ डिभिजन वन कार्यालय लमजुङ र जिल्ला प्रशासन कार्यालय लमजुङको ध्यानाकर्षण गर्दछौं समेत स्थानीयले भनेका छन् ।

करिब ९ वर्षको भएको चितुवा सात फिट लम्बाई थियो । साथै ७.५ मिटर उचाई मापन गरिएको डिभिजन वन कार्यालय लमजुङका प्रमुख डि. ई. शिवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बेसीशहर– लमजुङमा फलामे घेराबारको पासोमा परेर अड्किएको चितुवाको मध्यरातमा उद्धार गरी पोखरा पठाइएको छ । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित माथिल्लो मर्स्याङ्दी– ए जलविद्युत् आयोजनाको पावरहाउसको बाहिर जंगलमा फलामे पासोमा परेको चितुवा जलविद्युत् आयोजनाको घेराबारमा असोज १८ गते परेको थियो ।
उक्त जलविद्युत् आयोजनाको पावरहाउसको पछाडिपट्टि पेरिमिटरबाट भाग्ने क्रममा परियोजनाको घेराबारमा अड्किएको अवस्थामा त्यो चितुवालाई स्थानीयले देखेका थिए । त्यसपछि उनीहरूले स्थानीय प्रहरी चौकी र डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।
जंगल आसपासमा बन्यजन्तु चोरी सिकारीका लागि थापिएको उक्त पासो (फलामको साँचो) मा परेर साँचो र डोरीसहित भागेको अवस्थामा उक्त चितुवा फेला परेको हो ।
चितुवा घेराबारमा अड्किएको जानकारी पाएपछि डिभिजन वन कार्यालय लमजुङको टोली घट्ना स्थल पुगेर प्रदेश कार्यालय पोखरामा खबर गरेका थिए । पोखराबाट उद्धारकर्ताहरूको टोली घटनास्थल पुगेपछि उनीहरूले गए राती करिब १२ः३० बजे चितुवाको उद्धार गरेका हुन् ।
उक्त चितुवा भाग्ने क्रममा घेराबारमा अड्किएको डिभिजन वन कार्यालय लमजुङका प्रमुख डि. ई. शिवप्रसाद श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार चितुवाको करिब ११ घण्टापछि उद्धार गरिएको हो । त्यस चितुवाको वस्तुस्थितिका बारेमा जिज्ञासा राख्दा ‘भाले चितुवा हो, मस्त वयस्क देखिन्थ्यो । हामीले करिब ९ वर्षको भएको आंकलन गरियो’ डिभिजन वन कार्यालय लमजुङका प्रमुख डि. ई. शिवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चितुवा सात फिट लम्बाई थियो । साथै ७.५ मिटर उचाई मापन गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो ‘उद्धार पछि विहानसम्म त्यही राखियो । त्यसपछि डिभिजन वन कार्यालयमा ल्याएर आवश्यक कानुनी प्रकृया पुरा गरी आजै दिउँसो करिब २ः३० बजे पोखरा पठाइयो ।’
यो घट्नासँगै यस्ता पासोका साँचो कसले के प्रयोजनका लागि थापेका थिए ? वा थाप्ने
गर्दछन् ? त्यसको गहन अनुसन्धान गरी दुर्लभ वन्य जन्तु तथा जडिबुटीको चोरी शिकारी नियन्त्रणमा ठोस कदम चाल्न आवश्यक रहेको स्थानीयको भनाइ छ । उनीहरूले यसतर्फ डिभिजन वन कार्यालय लमजुङ र जिल्ला प्रशासन कार्यालय लमजुङको ध्यानाकर्षण गर्दछौं समेत भनेका छन् ।

प्रकाशित मिति २०८३ आश्विन १९, सोमबार १८:४५ गते
हजुरको प्रतिक्रिया