कांग्रेसको १५औं महाधिवेनशन : उमेदवारी मनोनयनका लागि समय आज साँझ छ बजेसम्म थपियो

कांग्रेसको १५औं महाधिवेनशन : उमेदवारी मनोनयनका लागि समय आज साँझ छ बजेसम्म थपियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १९ गते मङ्गलबार ०५:३८

यसअघि निर्वाचन कार्यतालिका अनुसार अपराह्न ४ बजेसम्म समय तोकिएको थियो । निर्वाचन समितिले तोकिएको विस्तारित समय अवधिभित्र आफ्ना मनोनयन पत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यहरूलाई आग्रह गरेको छ ।

उमेदवारी मनोनयनका लागि दुई घण्टा समय थपिएको हो ।

काठमाडौं– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उमेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने समय थप गरिएको छ । उमेदवारी मनोनयनका लागि आज असोज २० गते साँझ छ बजेसम्मका लागि थप गरिएको हो ।
केन्द्रीय निर्वाचन समितिद्वारा जारी प्रेस विज्ञप्तिमा पूर्व निर्धारित समयसीमा परिमार्जन गरी साँझ ६ बजेसम्मका लागि मनोनयन दर्ताको समय बढाएको उल्लेख छ । मनोनयन प्रक्रियालाई व्यवस्थित बनाउन समय थप गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि निर्वाचन कार्यतालिका अनुसार अपराह्न ४ बजेसम्म समय तोकिएको थियो ।
निर्वाचन समितिले तोकिएको विस्तारित समय अवधिभित्र आफ्ना मनोनयन पत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति २०८३ आश्विन २०, मंगलवार १७:३८ गते
हजुरको प्रतिक्रिया