
काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले आफू बदलिएको ढोल पिट्ने गरेको भएता पनि व्यवहारमा भने पुरानै शैली देखिएको छ । लमजुङको प्रदेश ख को सभापतिको प्रतिनिधित्वले त्यस्तो असोज २० गते पुष्टि गरेको हो ।
लमजुङको प्रदेश ख को सभापतिको विवाद टुंग्याउनुको सट्टा केन्द्रले १४औँ महाधिवेशन २०७८ का सो क्षेत्रका सभापति रघुनाथ गुरुङको नाम सो सूचिमा राखेबाट त्यस्तो स्थितिको उजागर भएको हो । १५औँ महाधिवेशनको प्रक्रिया सुरु भएपछि निवर्तमान समिति विघटन हुन्छ, नयाँ समितिका दावेदारहरू ज्यूँका त्यूँ छन् र न्याय चाहियो भन्ने माग पनि गरिरहेका छन् । यस्तो अवस्थामा पनि निर्वतमान समिति ब्यूतन सक्छ ? जसलाई १५औँ महाधिवेशनका सभापतिका प्रत्यासी अमृत न्यौपानेले आफ्नो फेसबुक स्टाटस नै लेखेर विरोध जनाउनु भएको छ ।
उहाँले लेख्नु भएको छ, ‘नेपाली कांग्रेस लमजुङबाट १५औँ महाधिवेशनका लागि निर्वाचित भइ यही मिति २०८३/०६/१८ गतेदेखि २३ गतेसम्म आयोजना भएको पार्टीको केन्द्रीय महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत २०८३/०६/१९ गते केन्द्रीय निर्वाचन कार्यालयद्वारा प्रकाशित मतदाता नामावली हेर्दा लमजुङ जिल्लाका निर्वाचित, पदेन तथा केन्द्रबाट मनोनित महाधिवेशन प्रतिनिधिको नाममध्ये पदेन महाधिवेशन प्रतिनिधिको रुपमा लमजुङ प्रदेश सभा ’ख’ को सभापतिको टुंगो नलागेको अवस्थामा बलमिच्याइँ गरी १४औँ महाधिवेशन २०७८ का रघुनाथ गुरुङको नाम क्रम संख्या र एनसिआइडि संलग्न राखी प्रकाशित भएकोमा सो सम्बन्धमा १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन कार्यालयमा निवेदन दिएको छु ।’
यस्तै हुने हो बदलिएको काँग्रेसको स्वरुप ? पर्यवेक्षकहरूले जिज्ञासा राखेका छन् ।

प्रकाशित मिति २०८३ आश्विन २१, बुधबार ०६:२९ गते