सम्पत्ति शुद्धीकरण विभागद्वारा पूर्वप्रधानन्यायाधीश जबरा र नातेदारहरूको घरमा छापा

सम्पत्ति शुद्धीकरण विभागद्वारा पूर्वप्रधानन्यायाधीश जबरा र नातेदारहरूको घरमा छापा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २० गते बुधबार ०७:०१

विभागले चोलेन्द्र निकट केही व्यक्तिहरूको घरमा समेत छापा मारेको छ । विभाग स्रोतका अनुसार नवीन बस्नेतको घर र नारायण दाहालको घरमा पनि विभागले छापा मारेको छ । बस्नेत जबराको ज्वाइँ नाता पर्ने स्रोतले दाबी गरेको छ ।

प्रहरीले असोज १० गते मध्यराति जबरालाई घरबाटै पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइएको थियो । पक्राउ परेका जबरालाई करिब १२ घन्टापछि छाडेको थियो ।

काठमाडौँ– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको महाराजगञ्जस्थित घरमा छापा मारेको छ । चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइल विवरणबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा जबराविरुद्ध अनुसन्धानका क्रममा जबराको घरमा छापा मार्ने काम असोज २१ गते भएको हो ।
व्यवसायीलाई जेलबाट छुटाउन चलखेल गरेको आरोपमा यसअघि जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसैले, उहाँ र उहाँ निकटका केही व्यक्ति तथा नातेदारको घरमा छापा मारेको स्रोतले जनाएको छ । पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको सिंहदरबार स्रोतले जनाएको छ । स्रोतका अनुसार जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको हो । टोलीले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरेको छ ।
चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइल विवरणबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा जबराविरुद्ध अनुसन्धान सुरु भएको छ ।
प्रहरीले असोज १० गते मध्यराति जबरालाई घरबाटै पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइएको थियो । पक्राउ परेका जबरालाई करिब १२ घन्टापछि छाडेको थियो । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई जेलबाट छुटाउन चलखेल गरेको आरोपमा प्रहरीले जबरालाई असोज ११ मा महाराजगञ्जबाट नियन्त्रणमा लिएको थियो । त्यस्तै, व्यवसायीलाई जेलबाट छुटाउन चलखेल गरेको आरोपमा यसअघि जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
इनाम सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जाने क्रममा दिउँसो पक्राउ परेका थिए ।
सो प्रकरणमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई गृह मन्त्रालयले छानबिनका लागी निलम्बन गरेको छ ।
विभागले चोलेन्द्र निकट केही व्यक्तिहरूको घरमा समेत छापा मारेको छ । विभाग स्रोतका अनुसार नवीन बस्नेतको घर र नारायण दाहालको घरमा पनि विभागले छापा मारेको छ । बस्नेत जबराको ज्वाइँ नाता पर्ने स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति २०८३ आश्विन २१, बुधबार १९:०१ गते
हजुरको प्रतिक्रिया