नेपाली कांग्रेसको १५औं महाधिवेशन : नेतृत्व चयनका लागि आज सात ठाउँमा १० बजेदेखि मतदान

नेपाली कांग्रेसको १५औं महाधिवेशन : नेतृत्व चयनका लागि आज सात ठाउँमा १० बजेदेखि मतदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २१ गते बिहिबार ०७:५४

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते बिहान १० बजेदेखि मतदान हुने भएको छ । त्यसो त केही पद निर्विरोध पनि भएको छ ।

क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ वटा मतपत्र तयार पारिएको हो । मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने निर्वाचन समितिले जनाएको छ ।

काठमाडौं– नेनेपाली कांग्रेसको १५औं महाधिवेशनको आज पाँचौं दिन । नेतृत्व चयनका लागि सातठाउँमा मतदान हुने भएको छ । भृकुटीमण्डप, सभागृह र खुलामञ्च गरी सातठाउँमा मतदानको व्यवस्थान गरिएको हो । असोज २२ गते विहान १० बजेदेखि मतदान सुरु हुने कार्यक्रम छ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । त्यसो त केही पद निर्विरोध पनि भएको छ ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । ती तीन स्थानका सातवटा बुथमा मतदान गर्न लागिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी सुरू गर्न लागिएको बताउनु भयो ।
उहाँका अनुसार मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।
मतदानको समय बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइएको छ । मतदानका लागि ५०० जना मतदान अधिकृत खटिने भएका छन् । मतपत्र २३ वटा रहनेछन् ।
क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ वटा मतपत्र तयार पारिएको हो । मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने निर्वाचन समितिले जनाएको छ ।
मतदानको अवधि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मतदानका लागि ५०० जना मतदान अधिकृत खटिने भएका छन् । मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइएको छ ।
मतपत्र २३ वटा रहनेछन् । क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ वटा मतपत्र तयार पारिएको हो ।
मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । त्यसो त केही पद निर्विरोध पनि भएको छ ।
मतदान सकिएपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति २०८३ आश्विन २२, बिहीबार ०७:५४ गते
हजुरको प्रतिक्रिया