विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर के.सी.ले धन्यवाद मन्तव्यमा यस खालको महत्त्वपूर्ण कार्यक्रम गर्ने वातावरण मिलाउने सुन्दरबजार नगरपालिका र इभाना इन्जिनियरिङ प्रा.लि.लाई कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
एआई र साइबर सुरक्षा सम्बन्धी सो प्रशिक्षण कार्यक्रममा ८० जनाले भाग लिएका थिए ।
दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडा स्थित जिल्लाकै पुरानो माविमा गणना हुने सर्वोदय माविमा एआई र साइबर सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण सञ्चालन भएको छ । त्यस विद्यालयमा कार्यरत शिक्षक एवम् मावि तहमा अध्ययनरत विद्यार्थीहरू तथा सरोकारवालाहरूका लागि सो प्रशिक्षण असोज २२ गते दिइएको हो ।
सुन्दरबजार नगरपालिकाको आयोजना तथा इभाना कन्स्ट्रक्सन प्रा.लि., काठमाडौँको सहजीकरण तथा प्राविधिक सहयोगमा उक्त माविमा कार्यरत शिक्षक एवम् अध्ययनरत विद्यार्थीहरूका लागि एआई र साइबर सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण दिइएको हो । सो क्रममा सैद्धान्तिक र प्रयोगात्मक विधिबाट प्रशिक्षण दिइएको थियो ।
इभाना कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँका सुयोग खनालले साईबर सेक्युरिटीका विषयमा उदाहरणका साथ प्रयोगात्मक सिकाई गरे । त्यस्तै, प्रशिक्षक सागर श्रेष्ठले ए आईको प्रयोग र त्यसमा कुन हदसम्म विश्वास गर्न सकिने र प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो ।
सुन्दरबजार नगरपालिकाका उपमेयर भवानी के.सी.को प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर के.सी.को अध्यक्षतामा भएको थियो । प्रशिक्षणमा सोही वडाका वडाध्यक्ष अमृत न्यौपाने, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम बराल, शिक्षा अधिकृत वीरेन्द्र गौतम, आइटी अफिसर सुजन मिश्र, पाणिनि संस्कृत मा. वि. का प्र.अ. नवराज अधिकारी लगायतको सहभागिता थियो ।
सर्वोदय माविका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर के.सी.ले धन्यवाद मन्तव्यमा यस खालको महत्त्वपूर्ण कार्यक्रम गर्ने वातावरण मिलाउने सुन्दरबजार नगरपालिका र इभाना इन्जिनियरिङ प्रा.लि.लाई कृतज्ञता व्यक्त गर्नु भएको सो माविका शिक्षक रामकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सो माविका शिक्षक सुकराम बि. क.ले सञ्चालन गर्नु भएको थियो भने सो प्रशिक्षण कार्यक्रममा ८० जनाले भाग लिएका थिए । रामकुमार श्रेष्ठको सहयोगमा ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..