
गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ३ भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । असोज २५ गते बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनु भयो । उहाँका अनुसार चुमनुब्री गाउँपालिका– ३ का बजारमा बाढीबाट धेरै क्षति भएको छ ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन तर क्षतिको विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ ।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।
पानी परेको छैन : मौसमविद्
यसैबीच, बूढीगण्डकी नदीमा ठूलो बाढी आए पनि सो क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी नपरेको मौसमविद्हरूले बताएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका– ६ र ७ भएर बग्ने खोलामा आज बिहानैदेखि बाढी आएको हो ।
सो क्षेत्रमा पछिल्लो २४ घण्टामा खासै पानी नपरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले बताउनु भयो । उहाँका अनुसार २४ घण्टामा हेर्ने हो भने अलिअलि पानी परेको थियो हिजो त्यहाँ । उहाँले भन्नुभयो, ‘हिजो बिहान ६ बजेदेखि अहिले बिहान ६ बजेसम्मको रेकर्ड हेर्ने हो भने त्यहाँ फाटफुट मात्र वर्षा छ । ०.२–०.२ मिलिमिटर मात्र वर्षा देखिन्छ ।’
सो क्षेत्रमा आज एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा छोटो समयमा पानी पर्ने सम्भावना छ । त्यस्तो ठूलो वर्षाको सम्भावना छैन उहाँले प्रष्ट्याउनु भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नु भएको छ । उहाँका अनुसार बूढीगण्डकीको तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक छ । उहाँले भन्नुभयो, ‘नदी छेउछाउका बासिन्दा उँचो स्थानमा बसौँ ।’
बिहान ३ बजेतिरबाटै बाढी आएको हो गोरखाको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले भन्नुभयो । उहाँले दिएको जानकारी अनुसार बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । भोटेकोशीको झल्को दिनेगरी बाढी आएको चुमनुब्रीकी उपाध्यक्ष गुरुङको भनाइ छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आज बिहान बूढीगण्डकीमा आएको बाढी रसुवाको भोटेकोशीको बाढीलाई झल्को दिनेखालको भएको बताउनु भयो । उहाँका अनुसार चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ । उहाँले भन्नुभयो, ‘१० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी जस्तै छ । बूढीगण्डकीको बाढी भोटेकोशीको बाढीको झल्को दिने खालको छ । दर्जनौं घरहरू बगाएका छन् । क्षतिको यकिन अहिल्यै भन्न सकिने अवस्था छैन ।’
चुमनुब्रीमा फेरि थुनियो बुढीगण्डकी, नदीमा जलप्रवाह छैन : प्रमुख प्रशासकीय अधिकृत
यसैबीच, चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदी फेरि थुनिएको छ । १५ मिनेटदेखि नदीमा जलप्रवाह नदेखिएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताउनु भयो । उहाँका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुगेको छ । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले बताउनु भयो ।
सोती बजारको पक्की पुल बगायो :
बूढीगण्डकीको बाढीले सोती बजारको पक्की पुल बगाएको छ । आरूघाट गाउँपालिकास्थित सोती बजार र मान्बू जोड्ने बूढीगण्डकी नदी माथिको पुल बगाएको हो ।
चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा झोलुंगे पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर आकाश कँडेलले बताउनु भयो । उहाँका अनुसार बाढीले चुमनुब्री गाउँपालिका– ३ सल्लेरीमा निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ । उहाँका अनुसार त्यहाँको बस्ती भने सरकारले मुआब्जा दिएर हटाएको थियो । उहाँले भन्नुभयो, ‘चुमनुब्री गाउँपालिका– ६ को लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएपछि बाढी आएको हो ।’
वडा नम्बर– ६ लोप्पा भन्ने ठाउँमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिपछि भीषण बाढी आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताउनु भयो । उहाँका अनुसार आइतबार बिहान ४ बजेतिर ठूलो आजाव सहित बाढी आएको हो । उहाँले भन्नुभयो, ‘नदी थुनिने र खोलिने क्रम जारी रहेका कारण यस क्षेत्रका मानिसहरू सबै डराएर त्राहि–त्राहि भएको अवस्था रहेको छ ।’
नदीको तल्लो तटीय क्षेत्रका मान्छेहरूलाई हामीले माथि सुरक्षित स्थानमा बस्न भनेका छौं । सुरक्षाकर्मीहरू पनि यतै छन् । मान्छेहरू सबै डराएर त्राहि–त्राहि भएको अवस्था छ ।
जगतको तल्लो बेल्टै बगायो भन्ने खबर आए छ । सल्लेरी पनि बगायो होला अब त्यहाँ तल सूचना आइसक्या छैन । बाढी आइराछ । ठूलो–ठूलो ढुंगा पल्टाइराछ । हामीले यहाँबाट देखिराछौं । अघिसम्म त हामी तल तल हेर्न गाथ्यौं । अब त्यहाँ जाने अवस्था रहेन ।
चुम्नुब्री गाउँपालिका वडा नम्बर– ६ लोक्पा भन्ने ठाउँमा गएराति सुक्खा पहिरो गएर नदी थुनिएको । बूढगण्डकी नदी थुनिएपछि भीषण बाढी आएको छ । बिहान ४ बजे ठूलो आवाज आएको हुनाले हामी उठ्यौं । अँध्यारोमा उठेर हेर्दा देखिने कुरा रहेन । तथापि सबै यहाँका मान्छेहरूलाई खबर ग¥यौं । सुरक्षित स्थानमा हामीले बस्न भन्यौं । अहिले पनि पहिरो झरिरहेको छ । नदी थुनिने खोलिने क्रम जारी छ ।
धार्चे गाउँपालिका तल आरुघाट साइड तिर पनि यसले खतरा निम्त्याउन सक्ने सम्भावना छ ।

प्रकाशित मिति २०८३ आश्विन २५, आईतवार ०८:४९ गते