एमाले प्रदेशसभा निर्वाचन क्षेत्र कमिटी, लमजुङ ‘ख’को बैठकमा विविध निर्णय

एमाले प्रदेशसभा निर्वाचन क्षेत्र कमिटी, लमजुङ ‘ख’को बैठकमा विविध निर्णय

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २४ गते आईतबार ११:०७

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जमीन्द्रमान घलेले पार्टी संगठनलाई बलियो बनाउन सदस्यता विस्तार, नवीकरण र संगठनात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

मंसिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते सम्पन्न हुने पालिका अधिवेशनलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बेसीशहर– नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, लमजुङ ‘ख’को बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई तीव्र पार्ने निर्णय गरेको छ । पार्टीले सदस्यताको डिजिटल इन्ट्री चाँडै सम्पन्न गर्ने निर्णयसमेत असोज २४ गते भएको हो ।
मदन आश्रित स्मृति भवन पार्टी कार्यालय बेंसीशहरमा शनिबार आयोजित बैठकले वडा र पालिकास्तरसम्म दशैं, तिहारलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी संगठनलाई थप सक्रिय बनाउने र अधिवेशनको तयारीलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको थियो ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जमीन्द्रमान घलेले पार्टी संगठनलाई बलियो बनाउन सदस्यता विस्तार, नवीकरण र संगठनात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आगामी अधिवेशनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।
नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, लमजुङ ‘ख’को बैठक एवम् बडादशैं– तिहार शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्दै निर्णय गरेको छ । बैठकले मंसिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका अधिवेशनलाई व्यवस्थित बनाउन सहयोग गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् लमजुङ जिल्ला इन्चार्ज कृष्णप्रसाद अधिकारी, केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमाल र जिल्ला अध्यक्ष राजकुमार विष्टले पनि बैठकमा मन्तव्य व्यक्त गर्दै पार्टी संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन र अधिवेशनको तयारीमा एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।
नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, लमजुङ ‘ख’ संयोजक शुभाष पौडेलले स्वागत मन्तव्य राख्दै अध्यक्षता गर्नु भएको थियो । उक्त बैठकको सञ्चालन सह–संयोजक जनकराज मिश्रले गर्नु भएको थियो ।
आश गुरुङको सहयोगमा ।

प्रकाशित मिति २०८३ आश्विन २५, आईतवार ११:०७ गते
हजुरको प्रतिक्रिया