कांग्रेसको १५औँ महाधिवेशन, मत गणना अब तीन दिनभित्र सक्छौं : निर्वाचन समिति

कांग्रेसको १५औँ महाधिवेशन, मत गणना अब तीन दिनभित्र सक्छौं : निर्वाचन समिति

एजेन्सी

@antaranganews

२०८३ असोज २५ गते सोमबार ०६:३०

अघिल्लो पटक १४ औं महाधिवेशनमा मतगणनाका लागि करिब १२ दिनको समय लागेको थियो, यस पटक थप क्लस्टर र मतदाता सङ्ख्या बढेकाले काममा चुनौती छ, तर हामी द्रुत गतिमा काम गरिरहेका छौँ, हामीले ३ दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ कटुवालले जानकारी दिनुभयो ।

२३ स्थानमा द्रुत गतिमा गणना गरेर ३ दिनभित्र परिणाम दिइन्छ निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालले बताउनु भयो ।

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनको मतगणना कार्य पार्टीको केन्द्रीय निर्वाचन समितिले तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ । निर्वाचन समितिले तीव्र पार्न थप व्यवस्थापन गरेको असोज २६ गते साँझमा जनाएको हो ।
कुल २३ मतगणना स्थलहरूबाट ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूको करिब एक लाख ८४ हजार मतपत्र गणना गर्नुपर्ने बाँकी छ ।
सात हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूको मत गणना जारी :
जारी मतगणनालाई तीव्रता दिन निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ । २३ वटा मतगणना स्थलहरूबाट मतगणना कार्य भइरहेको निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालले बताउनु भयो । उहाँका अनुसार कुल २३ वटा मतगणना स्थलहरूमा सात हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूको मत गणना भइरहेको छ । उहाँले भन्नुभयो, ‘यस प्रक्रियामा करिब एक लाख ८४ हजार मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्ने छ । बढ्दो मतदाता संख्या र क्लस्टरहरूका कारण कामलाई द्रुत बनाउन निर्वाचन समिति लागिपरेको छ ।’
नेपाली जनसम्पर्क समितिको ९ स्थानमा, आदिवासी जनजाति समूहको ३ स्थानमा, सह–महामन्त्री (महिला र खुला) ४ स्थानमा, पिछडिएको क्षेत्रको २ स्थानमा मत गणना भइरहेको कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीको भौतिक संरचनाले भ्याएसम्मको स्थानहरूमा मतगणना भइरहेको र थप स्थलहरूका लागि कार्यालय बाहिर टेन्ट टाँगेर भए पनि मतगणनाको संख्या बढाउने प्रयास भइरहेको छ । उहाँले भन्नुभयो, ‘अघिल्लो पटक १४ औं महाधिवेशनमा मतगणनाका लागि करिब १२ दिनको समय लागेको थियो ।’ यस पटक थप क्लस्टर र मतदाता सङ्ख्या बढेकाले काममा चुनौती छ, तर हामी द्रुत गतिमा काम गरिरहेका छौँ, हामीले ३ दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ कटुवालले जानकारी दिनुभयो ।
सहमहामन्त्री खुलामा २३९० मत गणना : रामहरि र अजयबाबुको अग्रता कायमै
यसैबीच, सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम राख्नु भएको छ ।
हालसम्म दुई हजार ३९० मत गणना भएको छ । जसमा खतिवडाले एक हजार ७५ मतसहित पहिलो स्थान तथा शिवाकोटीले ७७२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
काँग्रेसको विधान अनुसार सहमहामन्त्री खुलामा दुई जना निर्वाचित हुनेछन् । तर सो पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
तेस्रो स्थानका डिल्लीराम सुवेदीले ५८३ मत, चौथो स्थानका देवेन्द्रराज कँडेलले ४९९ मत, पाँचौँ स्थानका विकास कोइरालाले ३९४ मत तथा छैटौँ स्थानका राजीव ढुङ्गानाले ३५३ मत पाउनु भएको छ । त्यस्तै, सातौँ स्थानका रमेशप्रसाद धमलाले २८२ मत, आठौँ स्थानका अमृतकुमार अर्यालले २५७ मत पाउनु भएको छ भने सबैभन्दा कम विमलराज क्षेत्रीले ९३ मत पाएको स्थिति छ ।

प्रकाशित मिति २०८३ आश्विन २६, सोमबार १८:३० गते
हजुरको प्रतिक्रिया