महिला केन्द्रीय सदस्य (खुला) पदको चार ६८९ मत मतगणनामा वासना थापाले तीन हजार ४८४ मतका साथ अग्र स्थानमा

महिला केन्द्रीय सदस्य (खुला) पदको चार ६८९ मत मतगणनामा वासना थापाले तीन हजार ४८४ मतका साथ अग्र स्थानमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २६ गते मङ्गलबार ०८:४५

मतगणनाको सुस्त गतिले गर्दा यसप्रतिको चासो कम हुँदै गएको छ । हालसम्म गणना भएकोमा जम्मा १२ मत बदर भएको छ ।

सहमहामन्त्री (खुला) तर्फ ५,०८९ मत गणना : खतिवडा र शिवाकोटीले अग्रता कायमै राख्नु भएको छ ।

ललितपुर– नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा खुला सहमहामन्त्री पदको पाँच हजार ८९ मत गणना भएको छ । यो स्थितिमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले असोज २७ गते विहानसम्म अग्रता कायमै राख्नु भएको छ ।
रामहरि खतिवडाले दुई हजार १७८ मत प्राप्त गरी पहिलो स्थान र अजयबाबु शिवाकोटीले एक हजार ५५६ मतसहित दोस्रो स्थानमा अग्रता बनाउँदै आउनु भएको छ । खुलातर्फका दुई सिटका लागि मतगणना कार्य अझै जारी छ ।
एक हजार ३३० मत प्राप्त गरी डिल्लिराम सुवेदी तेस्रो स्थानमा, एक हजार १२ मतसहित देवेन्द्र राज कंडेल चौथो स्थानमा हुनुहुन्छ । त्यस्तै, राजिव ढुंगानाले ९०१ मत, विकास कोइरालाले ८१५ मत, अमृत कुमार अर्यालले ६६६ मत, रमेश प्रसाद धमलाले ५८० मत तथा विमलराज क्षेत्रीले १९६ मत प्राप्त गर्नु भएको स्थिति छ ।
महिला केन्द्रीय सदस्य (खुला) तर्फ चार हजार ६८९ मत गणना :
यसैबीच, कांग्रेसको महिला केन्द्रीय सदस्य (खुला) पदको मतगणनामा वासना थापाले तीन हजार ४८४ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । हालसम्म चार ६८९ मत गणना भएकोमा जम्मा १२ मत बदर भएको छ ।
वासना थापा दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो । गत आम निर्वाचनमा ‘के महिलाले पनि चुनाव जित्छन् र ?’ चुनावअघि नेपाली कांग्रेसकी युवा नेतृ बासना थापाले सबैभन्दा बढी सामना गर्नु परेको प्रश्न थियो यो । कर्णालीको विकट भूगोल, जटिल सामाजिक संरचना र जकडिएको पितृसत्तात्मक प्रवृत्तिबिच प्रत्यक्ष चुनाव जितेर संसद् पुग्नु वास्तवमै ‘फलामको चिउरा चपाउनु’ सरह नै छ । तर ती सबै कुरालाई पन्छाएर सहजताका साथ परीक्षा पास गर्नु भएको थियो बासनाले । उनै बासना यतिबेला खुला सदस्य पदमा सर्वाधिक मत पाउन सक्षम देखिनु भएको छ ।
१२ वर्षदेखि एमालेको अभेद्य लालकिल्लाको रुपमा परिचित उक्त क्षेत्रमा कांग्रेसको झण्डा गाड्न सफल हुनु भएर नयाँ इतिहासकी रचयिता बन्नु भएको हो वासना । किनभने त्यो प्रदेशबाट आजसम्म कुनैपनि महिलाले प्रत्यक्ष चुनाव जितेर प्रतिनिधिसभा पुगेको रेकर्ड छैन ।
प्राप्त पछिल्लो मत परिणामअनुसार उर्मिला थपलियाले दुई हजार ६४७ मत, निमा गिरीले दुई हजार ६२० मत, कुसुमदेवी थापाले दुई हजार १२९ मत र धना कुमारी खतिवडाले दुई हजार १२५ मत प्राप्त गरेको स्थिति छ । त्यस्तै, अनिता देवकोटाले एक हजार ९३० मत, विनिता खड्काले एक हजार ८९२ मत, लक्ष्मी पाण्डेले एक हजार ७७२ मत, सृजना अधिकारीले एक हजार ७६२ मत तथा मुना भुसालले एक हजार ६३२ मत ल्याउनु भएको छ ।
त्यसैगरी, चिनी पोखरेल (चिनु) ले एक हजार ५६४ मत, रिता थापा मगरले एक हजार ५१० मत, कान्तिका सेजुवालले एक हजार ४८१ मत, उमा दाहालले एक हजार ४५८ मत, निर्मला तामाङ बस्नेत (नीरु)ले एक हजार ४२४ मत र अकला गुरुङले एक हजार ३३८ मत तथा सम्झना खत्रीले एक हजार २५६ मत र गंगा शाही र निर्मला क्षेत्रीले एक हजार २२२ समान मत प्राप्त गर्नु भएको छ ।
यसैगरी, अन्य उम्मेदवारहरूमा गीता सत्यालले एक हजार १६७ मत, जमुना ढकालले एक हजार १६० मत, इन्दिरा चौलागाईंले एक हजार ४१ मत, गण्डकी थापा अधिकारीले एक हजार ३० मत तथा भगवती काफ्ले भण्डारीले एक हजार १९ मत प्राप्त गरेको स्थिति छ ।
नम्रता बरालले ९६७ मत, राधिका कटुवालले ९६६ मत, सुमित्रा कुमारी बमले ९४४ मत, रिता सेन ओलीले ८८९ मत, तुलसी देवकोटाले ८६२ मत, पवित्रा कुमारी अर्यालले ८१७ मत, भवानी देवकोटाले ७९९ मत, यस्मिन ढुंगानाले ७७५ मत, विष्णु कुमारी सापकोटाले ५६९ मत र मोदती के.सी.ले ५५० मत प्राप्त गर्नु भएको छ ।
३५ वर्षमुनिको केन्द्रीय सदस्यतर्फ सचिन तिमल्सेना पहिलो स्थानमा :
यसैबीच, असोज २७ गते बिहानसम्म केन्द्रीय सदस्यको ३५ वर्षमुनिका युवातर्फमा २ हजार १० मत गणना भएको छ । सात पदका लागि भइरहेको प्रतिस्पर्धामा सचिन तिमल्सेना ९२९ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ । दोस्रो स्थानमा सुशिल भट्टले ८८२ मत प्राप्त गरेको स्थिति छ ।
बिहानको पछिल्लो मत परिणाम अनुसार ई. अभिषेक आत्रेयले ७९२ मत, आदर्श मल्लले ७८५ मत, डा. आयुष बगालेले ७१८ मत, ई. रोशन बस्नेतले ६६० मत र सौगात थापाले ५५२ मत प्राप्त गरेका छन् । हालसम्मको मतगणनामा यी सात उम्मेदवारले अग्रता लिएको स्थिति छ ।
त्यसैगरी, ई. शैलेश मिश्रले ५२१ मत, उषा सापकोटाले ४५८ मत, विनोद राज जोशीले ४३९ मत, यजशिव राईले ४३० मत, मदन राज उपाध्यायले ४२९ मत र विजय गुरुङले ४१६ मत प्राप्त गरेका छन् ।
यस्तै श्यामराज ओझाले ३८७ मत, भुपेन्द्र सिंह थेवेले ३४६ मत, सागर वि।क।ले ३३४ मत, केशर जंग बमले ३२५ मत, पवन आचार्यले ३१८ मत, उस्प्रार सुनारले २८६ मत, खगेन्द्र आचार्यले २६४ मत, सूर्य न्यौपानेले २५९ मत, मेधराज थापाले २३७ मत र सुजन सापकोटाले २२९ मत ल्याएका छन् ।
अन्य उम्मेदवारहरूमा नरबहादुर खड्का (नरेश) ले १९२ मत, प्रकाश उप्रेतीले १५८ मत, ओजश शर्माले १३९ मत र मोजाहिद हकले ९३ मत प्राप्त गरेका छन् । सात पदका लागि भएको यस प्रतिस्पर्धामा मतगणना कार्य अझै जारी रहेको छ ।
आदिवासी जनजाति (महिला) केन्द्रीय सदस्यतर्फ को अघि ?
यसैगरी, आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्य पदको आठ पदका लागि मतगणनामा गीता गुरुङले सर्वाधिक ८१३ मत प्राप्त गरेको स्थिति छ । डा. गंगा लक्ष्मी अवालले ७२६ मत र रेनुका काउचाले ६६८ मत प्राप्त गरेका छन् ।
यसैगरी, सपना राजभण्डारी जोशीले ६०३ मत, प्रमिला राईले ५८६ मत, सिता कुमारी रानाले ५५३ मत, लिला देवी वोखिम लिम्बुले ४३३ मत र पुनम लामाले ४२३ मत पाउनु भएको छ ।
त्यस्तै तारा गुरुङले ४२१ मत, राधा घलेले ४१६ मत, माया राईले ३४४ मत, छिरिङ डोल्मा शेर्पाले ३४३ मत, धन लक्ष्मी श्रेष्ठले २९३ मत, शोभा चेमजोङ् पालुङ्गवाले २८९ मत, अस्मिता गुरुङले २६४ मत, पार्वती तामाङले २६३ मत र दिल कुमारी राईले २५३ मत प्राप्त गरेको स्थिति छ ।
अन्य उम्मेदवारहरूमा ज्योति सुनुवारले २४५ मत, अन्जना देवी मधिकर्मीले २४४ मत, मन कुमारी गुरुङले २४२ मत तथा रिसा श्रेष्ठ र शोभा लामाले समान २३६÷२३६ मत ल्याउनु भएको छ ।
त्यसैगरी गीता कुमारी सेन्दाङले २२४ मत, शारदा तामाङ (लामा) ले २२१ मत, रत्ना कुमारी राजवंशीले २१२ मत, तारा देवी लामाले २०८ मत, बसन्ती गुरुङले २०१ मत, समिता खड्गी श्रेष्ठले १९२ मत, डोल्मा स्याङ्वोले १८७ मत, दुर्गा देवी सुनुवारले १८० मत, गौरी कुमारी लामाले १७८ मत, छुल्डी लमु शेर्पा थापा मगरले १७६ मत, रुपा देवी श्रेष्ठले १५८ मत तथा ललिता देवी गुरुङ्गले ११४ मत प्राप्त गरेको स्थिति छ ।
उक्त प्रतिस्पर्धामा मतगणना कार्य जारी रहेको छ ।
मतगणनाको सुस्त गतिले गर्दा यसप्रतिको चासो कम हुँदै गएको छ ।

प्रकाशित मिति २०८३ आश्विन २७, मंगलवार ०८:४५ गते
हजुरको प्रतिक्रिया