कांग्रेसको १५औँ महाधिवेशन : महिला खुला केन्द्रीय सदस्यमा १४ जना निर्वाचित, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्षसमेत रहनु भएकी रिता थापा मगर १३ औं स्थानमा

कांग्रेसको १५औँ महाधिवेशन : महिला खुला केन्द्रीय सदस्यमा १४ जना निर्वाचित, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्षसमेत रहनु भएकी रिता थापा मगर १३ औं स्थानमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २८ गते बिहिबार ०८:४८

विनिता खड्का विजेता भए पनि अदालतमा मुद्धा रहेकाले हाललाई निर्वाचन समितिले निर्वाचित घोषित नगर्ने भएको छ । प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६ मत पाएर छैटौं स्थान सुरक्षित गरेको स्थिति छ ।

दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित हुनु भएको छ । गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य महिला समूहमा सरस्वती अर्याल तिवारीले अग्रता लिनु भएको छ ।

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा महिला खुलातर्फ १४ जनामात्र केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरिएको छ । खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले असोज २९ गते जनाएको हो । मत गणना अझै जारी रहेको छ ।
वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो, निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो हुुनु भएको छ । कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएको स्थिति छ ।
यसैबीच, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गर्नु भएको छ भने गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३ मत पाई विजयी हुनु भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्षसमेत रहनु भएकी रिता थापा मगरले १३ औं स्थानमा जीत हासिल गर्नु भएको छ । उहाँले २ हजार ३०८ मत पाउनु भएको छ । गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ ।
विनिता खड्का विजेता भए पनि अदालतमा मुद्धा रहेकाले हाललाई निर्वाचन समितिले निर्वाचित घोषित नगर्ने भएको छ । प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६ मत पाएर छैटौं स्थान सुरक्षित गरेको स्थिति छ ।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो ।
सहमहामन्त्री दलिततर्फ प्रकाश स्नेही निर्वाचित :
यसैगरी, दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित हुनु भएको हो । अर्का उम्मेदवार मान बहादुर नेपाली १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सो पदको निर्वाचनमा ६ हजार ७३७ मत सदर भएको थियो ।
गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेललाई फराकिलो अग्रता :
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ किरणबाबु श्रेष्ठले र ३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाउनु भएको छ । गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य महिला समूहमा सरस्वती अर्याल तिवारीले अग्रता लिएको स्थिति छ ।
कुल १ हजार ९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत, उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएको स्थिति छ । उहाँहरू बीच ७१ मतको अन्तर रहेको छ । महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले ६३१, जितप्रकाश आले मगरले ६१४ र खुमा प्रसाद अर्यालले ५९७ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै, भेषबहादुर पौडेलले ५२१, सुशील तिमल्सेनाले ४९४ र गोविन्दबहादुर रानाभाटले ४३१ मत पाएको स्थिति छ ।
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य महिला समूहमा सरस्वती अर्याल तिवारीले अग्रता लिनु भएको छ । उहाँले ८१९ मत र ओमकला गौतमले ५८९ र रविकला खनालले ४६४ मत पाएको स्थिति छ । तिवारी र गौतमका बीचमा २३० मतको अन्तर देखिएको छ ।
यसैगरी, ३५ वर्षमुनिका युवा महिलातर्फ डा. कला पन्तले एक हजार १४० मत तथा एलिजा ढकालले ८०४ मत पाउनु भएको छ । दुई बीचको मत अन्तर ३३६ मत अन्तर रहेको छ ।
युवा खुलातर्फ ई. सुवास पौडेलले १ हजार २८२ मत तथा ई. चेतराज कँडेल (सुजन) ले ६२८ मत पाएको स्थिति छ ।
मतगणना जारी छ । त्यसैले पनि अन्तिम परिणाम आउन बाँकी छ ।

प्रकाशित मिति २०८३ आश्विन २९, बिहीबार ०८:४८ गते
हजुरको प्रतिक्रिया