फूलपातिको दिन साँझ जिल्ला प्रहरी कार्यालय परिसरमा शुभकामना आदानप्रदान

फूलपातिको दिन साँझ जिल्ला प्रहरी कार्यालय परिसरमा शुभकामना आदानप्रदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक १ गते आईतबार ०१:४८

प्रमुख जिल्ला अधिकारीले वैदिक सनातन संस्कृतिमा बडादशैंको महत्वमा प्रकाश पार्नु हुँदै यो बेलामा शान्तिसुरक्षाको स्थिति बढी संवेदनशील हुने हुँदा चनाखो हुनुपर्ने बताउँदै शुभकामना व्यक्त गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

बेसीशहर– बडादशैंको रोनक सुरु भएको छ । यसै सन्दर्भमा फूलपातिको दिन साँझ जिल्ला प्रहरी कार्यालय, लमजुङमा शुभकामना आदानप्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यतामा यहाँ स्थित जिल्ला प्रहरी कार्यालयको प्रांगणमा आयोजिक विशेष कार्यक्रम उक्त कार्यक्रम असोज ३१ गते साँझ गरिएको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारीले वैदिक सनातन संस्कृतिमा बडादशैंको महत्वमा प्रकाश पार्नु हुँदै यो बेलामा शान्तिसुरक्षाको स्थिति बढी संवेदनशील हुने हुँदा चनाखो हुनुपर्ने बताउनु भयो । अघिपछि भन्दा यस्तो बेलामा उछृंखल गतिविधि बढ्न सक्ने सम्भावना हुँदा सुरक्षा संवेदनशीलता बढी हुने भएको उल्लेख गर्दै उहाँले सबैको सहयोगमा शान्तिसुरक्षाको स्थिति सुदृढ बनाउन मद्दत पुग्ने बताउनु भयो । उहाँले बडादशैं हर्ष र उमंगको पर्व भएको हुँदा हामी सबैको जीवनमा उत्साह र उमंगपूर्ण छाओस् भन्नुहुँदै शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालबाट प्राप्त भएको निर्देशनको अक्षरस पालन गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले छोटो निमन्त्रणमा पनि पाहुनाहरूको मनग्य उपस्थिति तथा सकल दर्जाका प्रहरी परिवारजनप्रति शुभकामनाका साथ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो अवसरमा एक घण्टा भन्दा बढी समयसम्म विविध सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति २०८३ कार्तिक २, आईतवार १३:४८ गते
हजुरको प्रतिक्रिया