२०औँ कन्यादेवी कप– २०८३ को पुरुषतर्फको क्वाटर फाइनलको प्रतिस्पर्धा आज कार्तिक २ गते

२०औँ कन्यादेवी कप– २०८३ को पुरुषतर्फको क्वाटर फाइनलको प्रतिस्पर्धा आज कार्तिक २ गते

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक २ गते सोमबार ०८:१०

पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख १५ हजार १५ रुपैयाँ, दोस्रो हुने टिमलाई ७५ हजार ७५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै महिलातर्फका विजेता टिमलाई २० हजार २० रुपैयाँ प्रदान गरिने भएको छ ।

आयोजक कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो ।

मिप्रा(लमजुङ)– लमजुङको मस्र्याङ्दी गाउँपालिका– ४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप– २०८३ को खुला पुरुष र महिला प्रतियोगिता गरिएको हो । सो प्रतियोगिता अन्तर्गत पुरुष, महिलातर्फको खेल जारी रहेको छ । प्रतियोगिताको पाचौं दिन कार्तिक १ गते तीन खेल सम्पन्न भएका छन् । आज २ गते चार खेल हुने तयारी छ ।

आयोजक कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो । आज कार्तिक २ गतेको पहिलो खेल जन कल्याण युवा क्लब नाइचे र केवाइसी क्लबका बीचमा हुनेछ । त्यस्तै, दोस्रो खेल चन्द्रमा युवा क्लब थाकन र अन्नपूर्ण युवा क्लब छापा ‘बि’का बीच हुनेछ । तेस्रो खेल तराचोक क्लब र अन्नपूर्ण युवा क्लब छापा ए का बीचमा हुने भएको छ भने चौथो खेल कालिका युवा क्लब आठखेत र नयाँ गाउँ टिमका बीचमा हुने भएको छ ।

कार्तिक १ गते सम्पन्न खेलहरू पहिलो खेल कालिका युवा क्लब आठखेत र कन्यादेवी युवा क्लबको बीचमा भएको खेल ६– १गोल अन्तरले जित हार भएको हो । त्यस्तै दोस्रो खेल शिलादेवी युवा क्लब सिउरुङ र अन्नपूर्ण युवा क्लब छापा का बीचमा खेल अवधिमा खेल बराबरी भई जित, हारको टुंगो लाग्न नसकेपछि पेनाल्टीमा ८– ७ गोल अन्तरले शिलादेवी युवा क्लब सिउरुङ विजयी भएको आयोजक क्लबका खेल संयोजक प्रदीप गुरुङले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार तेस्रो खेल फोर स्टार युवा क्लब नयाँ गाउँ टिम र सृजना युवा क्लब ठूलीबेसीका बीचमा भएको थियो । सो प्रतिष्पर्धामा पनि कुनै टिमले पनि खेल अवधिमा गोल गर्न नसके पछि पेनाल्टी सुटआउटमा ८– ७ गोल अन्तरले नयाँ गाउँ टिम अघि बढेको छ ।

महिलातर्फका सेमिफाइनल खेलहरू सम्पन्न भए । अन्नपूर्ण युवा क्लब छापा र कन्यादेवी क्लब मिप्रा ‘बि’का बीच भएको खेलमा ५– ० मा गोल अन्तरमा जित हार भएको हो । यसैगरी, कन्यादेवी क्लब मिप्रा तथा सप्तकन्यादेवी युवा क्लब शिल्ढुङ्गाका बीचमा भएको खेल १– ० गोल अन्तरले जित हार भएको हो । महिला टिमतर्फ चारवटा टिम मात्र प्रतियोगितामा नाम लेखाउने काम गरेका थिए ।

उक्त फुटबल प्रतियोगिताको उद्घाटन मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गर्नु भएको थियो । आयोजक कन्यादेवी क्लबका अध्यक्ष सुब्बा गुरुङको अध्यक्षता भएको उक्त प्रतियोगिता ‘खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता, पर्यटकीय गाउँ मिप्रा जाऔँ, फुटबल प्रतियोगितामा रमाऔँ ।’ भन्ने मूल नाराका साथ आयोजना गरिएको आयोजक क्लबका खेल संयोजक प्रदिप गुरुङले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा पुरुषतर्फ मनाङ र लमजुङका २४ टोली भाग लिएका छन् ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङले खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै अनुशासन, आपसी सद्भाव र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने बताउनु भयो । उहाँले यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मस्र्याङ्दी गाउँपालिकाले खेलकुदलाई स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माणको महत्त्वपूर्ण आधारका रूपमा लिँदै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको विकास तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्दछ ।’

उक्त प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख १५ हजार १५ रुपैयाँ, दोस्रो हुने टिमलाई ७५ हजार ७५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै महिलातर्फका विजेता टिमलाई २० हजार २० रुपैयाँ, दोस्रो हुने टिमलाई १२ हजार १२ रुपैयाँ र साथमा कप, मेडल र प्रमाणपत्र रहेको आयोजक क्लबका खेल संयोजक प्रदिप गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरुषतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ठ खेलाडी र उत्कृष्ठ गोलरक्षकलाई दुई दुई हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र पुरस्कार दिइने प्रवन्ध गरिएको छ । उहाँले भन्नुभयो, ‘महिलातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ठ खेलाडी र उत्कृष्ठ गोलरक्षकलाई एक एक हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र पुरस्कार दिइने व्यवस्था छ ।’

खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा प्रवर्धन, स्थानीयस्तरमा खेल संस्कृतिको विकास र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक कन्यादेवी क्लबका अध्यक्ष सुब्बा गुरुङले बताउनु भयो । उहाँका अनुसार यस प्रतियोगिताले मिप्रा गाउँको पर्यटकीय पहिचानलाई थप उजागर गर्नुका साथै स्थानीय क्षेत्रमा खेलकुदमय वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त प्रतियोगिताको समापन भोलि कार्तिक ३ गते रामनवमीको दिनमा हुने सम्भावना रहेको आयोजक क्लबका खेल संयोजक प्रदीप गुरुङले जानकारी दिनु भएको छ । उहाँका अनुसार भोलि समापन सम्भव नभएमा वडादशैं पछि मात्र सम्भवन ५ गते हुने छ ।

प्रकाशित मिति २०८३ कार्तिक ३, सोमबार ०८:१० गते
हजुरको प्रतिक्रिया