भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ : प्रधानमन्त्री बालेन

भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ : प्रधानमन्त्री बालेन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ४ गते बुधबार ११:३९

‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ ।’ उहाँको कथन छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताउनु भएको हो ।

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु भकएको छ । विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बडादशैंको शुभकामना दिदै कार्तिक ४ गते बताउनु भएको हो ।
विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै उनले यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नु भएको छ ।
विजयादशमीका अवसरमा फेसबुकमार्फत जारी शुभकामना सन्देशमा प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताउनु भएको हो । उहाँले भन्नुभएको छ, ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ ।’
विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईष्र्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताउँदै प्रधानमन्त्री बालेनले परिवर्तनका लाग सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा जोड दिदै विकृति हटाउन इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।
वर्षौंदेखि छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने अवसरका रूपमा समेत विजयादशमीको महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले सबैलाई सद्भाव, एकता, सम्मान र माया साटासाट गरेर पर्व मनाउन आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति २०८३ कार्तिक ५, बुधबार ११:३९ गते
हजुरको प्रतिक्रिया