
काठमाडौँ– नेपाली कांग्रेसको इतर पक्षले यही कार्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । १५औँ महाधिवेशन गर्नु अघि संगठनात्मक अधिवेशनका सबै प्रक्रिया पूरा गर्न लागेको कार्तिक ६ गते जनाएको हो ।
असोज १५ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियाअन्तर्गत हालसम्म ४८० वटा पालिका र ६ हजार १०७ वटा वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलले बताउनु भयो ।
उहाँका अनुसार हालसम्म १७० वटा प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २१ जिल्लामा समेत अधिवेशन सम्पन्न भइसकेको छ ।
उहाँले भन्नुभयो, ‘बाँकी रहेका जिल्लाको अधिवेशन पनि कार्तिक १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।’ कांग्रेस इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशनको घोषणा गरेको छ ।
यता, कांग्रेसको संस्थापन पक्षले काठमाडौंमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गरिसकेको छ । जसमा सभापति शपथ समेत भएको छ अन्य पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बाँकी छ भने सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्य मनोनित हुन बाँकी छ ।
कांग्रेसको इतर पक्षले पार्टीको १५औँ महाधिवेशन आउँदो मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमै गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति २०८३ कार्तिक ८, शनिबार ०८:१६ गते