काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनिर्वाचित केन्द्रीय सदस्य तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई बधाई दिनु भएको छ । बडादशैंको टीका लगाउन देउवा निवास पुगु भएका महर्जनलाई देउवाले कार्तिक ६ गते बर्धा दिनु भएको हो ।
बडादशैंको टीका लगाइदिदै महर्जनलाई देउवाले ‘नेपालमै पहिला हुनुभयो, बधाई’ भन्नु भएको हो ।
आफू उहाँ(देउवा)कहाँ वर्षैपिच्छे विजया दशमीको टीका लगाउन जाने गरेको स्मरण गर्दै यस पटक पनि गएको हुँ महर्जनले भन्नुभयो । उहाँका अनुसार सो अवसरमा उहाँका पारिवारिक सदस्यहरू पनि हुनुहुन्थ्यो ।
महर्जनले सुनाउनुभयो ‘उहाँ निकै खुसी हुनुभयो, नेपालमै पहिला हुनुभयो, बधाई छ है ! भन्नुभयो ।’
ललितपुर महानगरपालिकाका मेयर समेत रहनु भएका चिरीबाबु महर्जनले नेपाली काँग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा ७७ प्रतिशत बढी मत ल्याएर निर्वाचित हुन सफल हुनु भएको थियो ।
प्रकाशित मिति २०८३ कार्तिक ९, आईतवार ०७:१२ गते