लमजुङ प्रहरीद्वारा सहायक हवल्दार दिपक गिरी उत्कृष्ट प्रहरी घोषित

लमजुङ प्रहरीद्वारा सहायक हवल्दार दिपक गिरी उत्कृष्ट प्रहरी घोषित

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १७ गते मङ्गलबार ०७:०६

अपराध अनुसन्धान कार्यमा प्रविधिको प्रयोग, बिशेष रुपमा सूराकी परिचालन, खबर संकलन गरी उत्कृष्ठ कार्य गरेको ठहर भएको हुँदा प्रहरी सहायक हवल्दार दिपक गिरीलाई एयष्अिभ या त्जभ ःयलतज घोषित गरिएको हो ।

नागरिक समाजमा समक्ष प्रहरीको छवी उच्च बनाउन उहाँले अत्यन्त ईमान्दार, बफादार, कर्तव्यनिष्ठका साथ प्रशंसनीय ढंगबाट कार्य सम्पादन गरेको

लमजुङ– जिल्ला प्रहरी कार्यालयले गत पुस महिनामा उत्कृष्ट काम गर्ने १ जना प्रहरी कर्मचारीलाई एयष्अिभ या त्जभ ःयलतज घोषित गरेको छ । एयष्अिभ या त्जभ ःयलतज घोषित हुनेमा जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी सहायक हवल्दार दिपक गिरी रहेको माघ १७ गते जानकारी दिइएको हो ।
प्रहरी सहायक हवल्दार दिपक गिरीले त्भअजलष्अब िब्लबथिकष्क (प्रविधिको प्रयोग), बिशेष रुपमा सूराकी परिचालन, खबर संकलन गरी मिति २०५६ असोज २९ गते लमजुङको धमिलिकुवा गा.वि.स.– ३ स्थित पाखोमा छोरा जातको नवजात शिशुलाई कर्तव्य गरी मारी वारदात पश्चात फरार रहेकी महिलालाई २३ बर्ष पछाडि गत पुस १६ गते चितवनबाट पक्राउ गर्न सफल भएका थिए । यसैगरी २०७४ मसिर ११ गते लमजुङको राइनास नगरपालिका– ९ बर्ष ५३ को हितमान श्रेष्ठलाई चिरपट दाउरा (काठ)ले टाउँकोमा प्रहार गरी कर्तव्य गरी मारी वारदात पश्चात फरार रहेका प्रतिवादीलाई ५ बर्षपछि गत पुस २७ गते चितवनबाटै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनु भएको छ । उहाँका अनुसार गत पुस महिनामा फैसला कार्यान्वयनतर्फ फरार रहेका २० जना प्रतिवादीहरूलाई बिभिन्न स्थानबाट पक्राउ तथा सम्पर्कमा ल्याई अनुसन्धान क्षेत्रमा बिशेष योगदान पुर्याउन विशेष भूमिका खेलेका थिए ।
गिरीले उल्लेखित काम गरी नागरिक समाजमा समक्ष प्रहरीको छवी उच्च बनाउन अत्यन्त ईमान्दार, बफादार, कर्तव्यनिष्ठका साथ प्रशंसनीय ढंगबाट कार्य सम्पादन गरेको पाइएको हुँदा जिल्ला प्रहरी कार्यालयले २०७९ पौष महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको सो कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनु भएको छ ।

प्रकाशित मिति २०७९ माघ १७, मंगलवार १९:०६ गते
हजुरको प्रतिक्रिया