खुदी(लमजुङ)– मस्र्याङ्दी गाउँपालिका– ९ को सिम्पानी, भलामगाउँमा माइती घर हुनुभएकी शिक्षासेवी विष्णुमाया भण्डारी तथा सोही गाउँ निवासी सामाजिक व्यक्तित्व मायादेवी भण्डारीको परिवार शोकमा डुबेको छ । सो परिवारका अभिभावक पुजनीय तिलकबहादुर भण्डारीको ८० वर्षको उमेरमा स्वर्गारोहण भएसँगै भण्डारी परिवार शोकमा डुबेको हो ।
स्व. भण्डारी पछिल्लो एक वर्षदेखि पक्षाघातबाट पीडित हुनुहुन्थ्यो तर पनि टाठै अवस्थामा उहाँको निधन हुन जाँदा भने सो परिवारमा अप्रत्यासित पीडा बज्रिन गएको छ । मायादेवी भण्डारी र विष्णुमाया भण्डारी आमा छोरी हुनुहुन्छ । विष्णुमाया भण्डारी स्व. भण्डारीकी एकमात्र सुपुत्री हुनुहुन्छ । उहाँ नेपाल शिक्षक संघ गण्डकी प्रदेश उपाध्यक्ष हुनुका साथै संघको लमजुङमा हालै सम्पन्न अधिवेशनबाट संघीय प्रतिनिधि निर्वाचित हुनुका साथै शिक्षक साकोसको संस्थापक अध्यक्ष समेत हुुनुहुन्छ ।
विष्णुमायाकी आमा तथा स्व भण्डारीकी जीवन सगीनी मायादेवी भण्डारी सो वडामा महिला संघको अध्यक्ष हुनुका साथै त्यहाँ क्रियाशील रहेको सरस्वती आमा समूहको अध्यक्ष हुनुहुन्छ । त्यसो त स्व. भण्डारीका जेष्ट सुपुत्र वीरेन्द्र भण्डारी उद्योग वाणिज्य संघको क्रियाशील सदस्य हुनुहुन्छ । उहाँ लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
यस प्रकार आफू पर्दा भित्र रहेर आफ्नो परिवारलाई मुलुकमा प्रजातन्त्रको संस्थागत विकास, सुशासन, समृद्ध एवम् उन्नतीशील समाज निर्माणमा स्व. भण्डारीले विशेष योगदान गर्दै आउनु भएको छ । त्यसो त उहाँ आफू पनि छरछिमेकका सामाजिक काममा सधैं अग्रसर हुनुहुन्थ्यो । उहाँको निधनबाट विष्णमायाको परवारले मात्र नभई सिङ्गो समाज तथा प्रजातन्त्रवादीहरूले एक असल अभिभावक गुमाउन पुगेका छन् । यस प्रकार एक असल अभिभावक गुमाउनु पर्दा सबैमा पीडाबोध भएको छ ।
स्व. भण्डारीको अन्तिम विदाईका लागि नेपाली काँग्रेसका नेताहरू भेषबहादुर पौडेल, हरिप्रसाद शिक्षक संघका निवर्तमान जिल्ला अध्यक्ष शिव अधिकारी लगायतको टोली फागुन २० गते घाटमा पुगेको थियो ।
स्वर्गीय भण्डारीका श्रीमती, चार छोरा, एक छोरी हुनुका साथै १४ जना नातिनातिना छन् ।
प्रकाशित मिति २०७९ फाल्गुन २६, शुक्रबार ०४:३९ गते