प्रेस सेन्टर लमजुङको नेतृत्वमा रबिन्द्र

प्रेस सेन्टर लमजुङको नेतृत्वमा रबिन्द्र

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २९ गते सोमबार ०६:२१

माओवादी केन्द्रको जग अझै बलियो बनाउनको लागि प्रेस सेन्टरको अहम् भूमिका हुने समेत वक्ताहरूद्वारा उल्लेख गर्नु भएको थियो ।

जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको प्रति चिन्ता व्यक्त

वेसीशहर– प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति लमजुङको नेतृत्वमा रबिन्द्र छनौट हुनु भएको छ । गण्डकी प्रदेश पूर्वस्वास्थ्य मन्त्री मधु अधिकारीको प्रमुख आतिथ्यतामा सेन्टरको अधिबेसन भएको हो । यहाँ सम्पन्न अधिवेशनबाट जिल्ला अध्यक्षमा रबिन्द्र लामिछाने फागुन २७ गते चयन गरेको हो ।
सम्पन्न अधिवशेनबाट लामिछानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सेन्टरको उपाध्यक्षमा बिमला अधिकारी र प्रबिन पाण्डे, सचिवमा सविना प्रजा चेपाङ चयन भएको जानकारीमा आएको छ । त्यस्तै, कोषाध्यक्षमा जुना तामाङ तथा सह–सचिवमा प्रमिला रेग्मीका साथै सदस्यहरू बिष्णु दवाडी, सुरेश लामिछाने लगायत चयन हुनु भएको छ ।
गण्डकी प्रदेश पूर्वस्वास्थ्य मन्त्री मधु अधिकारीले अधिवेशनको उदघाटन गर्दै नेपाली पत्रकारितामा प्रेस सेन्टरको भूमिका तथा महन्वमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक लालबहादुर गुरुङ, संविधानसभा सदस्य बुद्धिराम तमु, माओबादी केन्द्र नेकपा माओबादी केन्द्र केन्द्रीय सदस्य विमल अधिकारी, सो दलका वेसीशहर नगरपालिका अध्यक्ष देवबहादुर गहतराज, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँहरूले जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूले जनपक्षीय पत्रकारिता गर्नुपर्ने बताउनु भएको थियो । प्रेस सेन्टरमा आबद्ध पत्रकारले आवाज विहीनको आवाज बनेर जनपक्षीय पत्रकारिता मार्फत समाज रुपान्तरमा ध्यान दिई काम गर्नुपर्नेमा उहाँहरूको जोड थियो । उहाँहरूले माओबादीको जग अझै बलियो बनाउनको लागि प्रेस सेन्टरको अहम् भूमिका हुने समेत उल्लेख गर्नु भएको थियो ।
सम्पन्न अधिवेशनमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका महासचिव सन्तोष गौतम, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका महासचिव दिपक श्रेष्ठ, सचिव माधव पनेरु, केन्द्रीय सदस्य अमृतराज उपाध्याय, प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य कमला केसी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति २०७९ फाल्गुन २९, सोमबार ०६:२१ गते
हजुरको प्रतिक्रिया