काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)का सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । एकैदिन ६९ जना कोरोना संक्रमित थपिएसँगै त्यस्तो चैत १३ गते पुष्टि भएको हो । बितेको २४ घण्टामा ६९ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पुष्टि भएको छ । कुल १२ सय ६६ जनामा गरिएको नमुना परीक्षणमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ४४ जनामा एन्टीजेन र २५ जनामा आरटीपीसीआर परीक्षण गर्दा पुष्टि भएको हो । आज एकाएक सङ्क्रमित बढेको तथ्याङ्कले देखिएको हो । हिजो कोरोना सङ्क्रणम १६ जनामा पुष्टि भएको थियो । गएको २४ घण्टामा सङ्क्रमित भएकामध्ये अधिकांश नेपाल भारत सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरू रहेको स्वास्थ्य मन्त्रालयमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो । उहाँका अनुसार यो अवधिमा एक जना संक्रमित निको भएका छन् । सक्रिय कोरोना संक्रमितको संख्या हाल ६६ पुगेको छ ।