अन्तरङ्गका व्यूरो प्रमुख श्रेष्ठ सम्मानित

अन्तरङ्गका व्यूरो प्रमुख श्रेष्ठ सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १० गते बुधबार १०:१९

सम्मानित श्रेष्ठ २०५६ सालदेखि अन्तरङ्गका व्यूरो प्रमुख हुनुका साथै अन्तरङ्गन्यूज डटकमको व्यवस्थापक हुनुहुन्छ । लमजुङको सुन्दरबजार नगरपालिका– ६ स्थित श्रेष्ठ इण्टरप्राइजेजका संस्थापक सञ्चालक उहाँ सुन्दरबजार अस्पताल, तार्कुटार(सरकारी)को अध्यक्ष हुनुका साथै मातृभूमि बहुमुखी क्याम्पस, सुन्दरबजार– ७ को व्यवस्थापन समितिको अध्यक्ष, सुन्दरबजार चेम्बर अफ कमर्सको संस्थापक अध्यक्ष, नेपाल कुरास संघको समेत संस्थापक जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुनुहुन्छ ।

श्रेष्ठ सदम्पती सम्मानित हुनुभएको हो

पाउँदी(लमजुङ)– अन्तरङ्गका व्यूरो प्रमुख विष्णुकुमार श्रेष्ठ सम्मानित हुनु भएको छ । यहाँको धर्मनाथ धाम स्थित सर्वोदय सेवाश्रमको २१ औं वार्षिकोत्सवका अवसरमा उहाँलाई सेवातर्फ सम्मान साउन ८ गते गरिएको हो ।
उहाँले हरेक वर्ष लक्ष्मीपूजाका दिनमा आश्रममा गएर सेवाका साथमा आश्रमलाई सामाजिक उत्तरदायित्व अन्तरगत सेवा गर्दै आउनु भएको र आजीवन सेवा प्रदान गर्ने संकल्प गर्नु भएबाट उहाँलाई उक्त सम्मान प्रदान गरिएको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठका सदम्पती मेनुका श्रेष्ठलाई समेत सम्मान गरिएको छ । उहाँले भन्नुभयो, ‘आश्रममा दीर्घ सेवा गर्नु हुने विभिन्न पाँच व्यक्तित्वलाई सो अवसरमा सम्मान गरिएको थियो ।’
सम्मानित श्रेष्ठ २०५६ सालदेखि अन्तरङ्गका व्यूरो प्रमुख हुनुका साथै अन्तरङ्गन्यूज डटकमको व्यवस्थापक हुनुहुन्छ । लमजुङको सुन्दरबजार नगरपालिका– ६ स्थित श्रेष्ठ इण्टरप्राइजेजका संस्थापक सञ्चालक उहाँ सुन्दरबजार अस्पताल, तार्कुटार(सरकारी)को अध्यक्ष हुनुका साथै मातृभूमि बहुमुखी क्याम्पस, सुन्दरबजार– ७ को व्यवस्थापन समितिको अध्यक्ष, सुन्दरबजार चेम्बर अफ कमर्सको संस्थापक अध्यक्ष, नेपाल कुरास संघको समेत संस्थापक जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुनुहुन्छ ।
यसैगरी, श्रेष्ठ गण्डकी प्रदेश चेम्बर अफ कमर्स, पोखराको सचिव हुनुका साथै नमुना टोल विकास संस्था सुन्दरबजारको अध्यक्ष, एभरेष्ट साकोस सुन्दरबजार संस्थापक सचिव, आदर्श भूपू विद्यार्थी समाज सुन्दरबजारको कोषाध्यक्ष तथा सुन्दरबजार नगरपालिका, राजस्व परामर्श समितिको सदस्य समेत रहनु भएको छ ।
त्यसबाहेक उहाँसँग सयपत्री मावि सुन्दरबजार व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष, लमजुङ उद्योग बाणिज्य संघको पूर्वउपाध्यक्ष, लमजुङ उद्योग बाणिज्य संघ, सुन्दरबजार इकाईको संस्थापक अध्यक्षको अनुभव रहेको छ ।

प्रकाशित मिति २०८० श्रावण १०, बुधबार १०:१९ गते
हजुरको प्रतिक्रिया