काठमाडौं– देशमा बेरोजगराको स्थिति उदाङ्ग भएको छ । सशस्त्र प्रहरी बलले गत असार २९ गते समावेशी कोटा सहित ९ सय ३२ जना जवानको आवश्यकताको माग गरेको थियो । तर त्यो संख्याका लागि देशभरबाट ३४ हजार २५८ जनाले आवेदन दिएको भदौ ११ गते खुलासा भएसँग बेरोजगारको स्थिति उदाङ्गो भएको हो ।
सशस्त्र प्रहरीले केही दिन अघि कर्मचारीहरूको दबरन्दी मिलान गरेको थियो । सशस्त्र प्रहरी बलको इतिहासमा पहिलोचोटी एकैपटक प्रहरी जवानदेखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सम्म ठूलो संख्यामा बढुवा गरिएको थियो । सो क्रममा ७ हजार सशस्त्र प्रहरी कर्मचारीको बढुवा गरिएको थियो ।
यतिबेला, सोही रिक्त स्थान पूर्तिका लागि सशस्त्र प्रहरी बलमा भर्नाको छनौट क्रम चलिरोखको छ । सो प्रयोजनका लागि सशस्त्र प्रहरीबाट हेडक्वार्टर सहित विभिन्न बाहिनीमा आवेदन माग गरिएको थियो ।
सो क्रममा सबैभन्दा धेरै महोत्तरीको दुई नं. छिन्नमस्ता बाहिनीबाट ६ हजार ३२३ जनाले आवेदन दिएका छन् । त्यस्तै सबैभन्दा कम नं. ३३ गण हेडक्वार्टर त्रिपुरा हुम्ला, मुगु र कालिकोटबाट ७६० जनाले मात्र आवेदन दिएको सशस्त्रको भनाइ छ ।
ती स्थानहरूमा बाग्मती र सशस्त्र हेडक्वार्टरबाट ४ हजार ८९९, सुनसरीको एक नं. बराह बाहिनीबाट ४ हजार १२२, कास्कीको चार नं. मुक्तिनाथ बाहिनीबाट १ हजार ३३९ जनाले आवेदन दिएका छन् ।
त्यसैगरी, रुपन्देहीको पाँच नं. बिन्ध्यवासिनी बाहिनीमा ५ हजार ५९९, सुर्खेतको छ नं. महेश्वरी बाहिनीमा ५ हजार ६८५, कैलालीको सात नं. वैद्यनाथ बाहिनीमा ५ हजार ५३२ जनाले आवेदन दिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रकाशित मिति २०८० भाद्र १२, मंगलवार ०८:०१ गते