सूर्यपाल– लमजुङको मध्यनेपाल नगरपालिका–ं ३ सूर्यपाल स्थित राम वालोदय आधारभूत विद्यालयमा ६१ औं रेडक्रस दिवसको अवसरमा राम वालोदय ने.जु.रे.स.द्वारा सरसफाई कार्यक्रम गरिएको छ ।
उक्त सरसफाई कार्यक्रममा कार्यक्रम संयोजक– नेजुरेस रामवालोदय आ. वि.– शिक्षक नायक रामकुमार श्रेष्ठ, व्यवस्थापन– नेजुरेस रामवालोदय आ वि– शिक्षक सहनायक– सीता थापा, अध्यक्ष– नेजुरेस रामवालोदय आ. वि.– दिपेश नेपाली कक्षा– ८, सचिव– नेजुरेस रामवालोदय आ वि– रश्मी श्रेष्ठ कक्षा ६ लगायतले नेतृत्व गर्नु भएको थियो ।
सो अपसरमा ‘सेवा नै धर्म हो’, रेडक्रस दिवस सफल पारौ, नेजुरेस रामवालोदय सफा राखौं, रेडक्रस लोगो लगायतका प्ले कार्ड सहित विद्यालय हाता सरसफाइ सहित विद्यालय आसपासका समुदायमा समेत सरसफाइ कार्यक्रम गरिएको थियो ।
सो अवसरमा कार्यक्रम संयोजक एवम् शिक्षक नायक रामकुमार श्रेष्ठले यस वर्षको रेडक्रस दिवसको नारा ‘मनदेखि सेवा गरौं’ भन्ने रहेको जानकारी दिनुहुँदै रेडक्रसको महत्व तथा रेडक्रसका सात सिद्धान्तका बारेमा प्रकाश पार्नु भएको थियो ।
प्रकाशित मिति २०८० भाद्र २०, बुधबार ११:४१ गते