अभिनेत्री दिपाशा बिसीको निधन, आज अन्त्येष्टि

अभिनेत्री दिपाशा बिसीको निधन, आज अन्त्येष्टि

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक २४ गते शुक्रबार ०६:४३

विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गर्नु भएको छ । उहाँका अनुसार उनको अन्त्येष्टि आज २४ गते गरिने बताइएको छ ।

विष सेवनका कारण उपचारको क्रममा निधन

काठमाडौं– जलपरी नामले चिनिएकी अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । हिजो निधन भएकी २८ वर्षीया उनको आज कार्तिक २३ गते अन्तिम संस्कार गरिने भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकी अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । हउनलाई अस्पतालमा ल्याउँदा विष सेवन गरेको पुष्टि भएको अस्पताल स्रोतले जनाएको थियो । अस्पतालका अनुसार उनलाई बुधबार साँझ अस्पतालमा ल्याइएको थियो । परीक्षणका क्रममा विष सेवन गरेको पाइयो, उपचारका क्रममा उनको आज दिउँसो निधन भएको हो ।
विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गर्नु भएको छ । उहाँका अनुसार थापाथलीस्थित नर्भिक अस्पतालबाट पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ । उहाँले भन्नुभयो, ‘उनको अन्त्येष्टि आज २४ गते गरिने बताइएको छ ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

प्रकाशित मिति २०८० कार्तिक २४, शुक्रबार ०६:४३ गते
हजुरको प्रतिक्रिया