दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा प्रहरी नियन्त्रणमा

दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा प्रहरी नियन्त्रणमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १२ गते मङ्गलबार ०४:२९

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई हिजो गौशालामा गरिएको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सो घटनामा यसअघि १४ जनालाई पक्राउ गरिसकेको छ, विचरा बन्दै प्रसाई ।

काठमाडौं– प्रहरीले दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापालाई मंसिर १२ गते नियन्त्रणमा लिएको प्रहरीले उनलाई प्रहरी वृत्त गौशालामा राखेको जनाएको छ ।
उनलाई सिनामंगल स्थित केएमसी अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताउनु भयो ।
पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए । गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई हिजो गौशालामा गरिएको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सो घटनामा यसअघि १४ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति २०८० मंसिर १२, मंगलवार १६:२९ गते
हजुरको प्रतिक्रिया