रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सवमा विविध कार्यक्रम

रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सवमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ २७ गते शनिवार ०७:४९

वडाको शिक्षा, स्वास्थ्य, सडक, सामाजिक सुरक्षा लगायतका लगायतका विषयमा आफ्नो टिम योजनावद्ध रुपमा अघि बढिरहेको कार्यक्रमका प्रमुख अतिथि सोही वडाका अध्यक्ष न्यौपानेको दावी थियो ।

मेमोरी टेष्ट प्रतियोगितामा र अभिभावक महिला म्युजिकल चियर खेल गरिएको थियो ।

सुर्यपाल(लमजुङ)– मध्यनेपाल नगरपालिका– ३ को यहाँ स्थित रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सव समारोह एवं अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वडाध्यक्ष केशव न्यौपानेको प्रमुख आतिथ्यतामा सो दिवस मनाइएको हो ।
उक्त अबसरमा शुभकामना आदानप्रदान एवं विविध शैक्षिक र खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम भुपु विद्यार्थी तथा शुभचिन्तक सम्मान, अक्षयकोष पुरस्कार प्रदान, चन्दादाता अभिनन्दन, अन्तर विद्यालय कार्यक्रम गरिएको थियो । प्रमुख अतिथि न्यौपानेले समायनुकूल वडाको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक लगायतका विकास निर्माणका लागि आफ्नो टिम खटिईरहेको बताउनु भयो । विद्यालयमा विद्यार्थी घट्दै गईरहेको अवस्थामा पनि अभिभावकलाई निराश नहुन आग्रहका साथ नयाँ शैक्षिक योजना र कार्यक्रमका साथ अघि बढ्ने ेयोजना रहेको पनि उहाँले जानकारी दिनुभयो । वडाको शिक्षा, स्वास्थ्य, सडक, सामाजिक सुरक्षा लगायतका लगायतका विषयमा आफ्नो टिम योजनावद्ध रुपमा अघि बढिरहेको उहाँको दावी थियो । सो अवसरमा शुभकामना व्यक्त गर्नु हुनेहरूमा जिल्ला समन्वय समिति सदस्य शारदा गोदार साँखी, वडा नं ५ का अध्यक्ष ओमबिर गुरुङ, मंगला माविका अध्यक्ष लक्ष्मण बसौला, मंगला मावि शिक्षक÷अभिभावक संघका अध्यक्ष सुर्यलाल श्रेष्ठ, मंगला मावि का प्रअ विष्णुहरी बास्तोला, भैरवकाली माविका प्रधानाध्यपक हरिश्चन्द्र लम्साल, रामबालोदय आविका पूर्वप्रअ परशुराम न्यौपाने, संझना माविका प्रधानाध्यपक सन्तोष तिवारी, पूर्वप्रअ मेमबहादुर गुरुङ, नागभैरव वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सन्तलाल श्रेष्ठलगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रधानाध्यापक बाबुराम साँखीले शैक्षिक प्रतिवेदन सहित चालुआवमा विद्यालयमा भएको ३५ लाख रुपैयाँ बराबरको आयव्यको विवरण प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा सञ्चालिन विभिन्न विद्यालयका विच मेमोरी टेष्ट प्रतियोगितामा रिस्ति विकास ईंग्लिस बोर्डिङस्कूल सोतीपसल प्रथम, मंगला मावि सुर्यपाल द्वितीय, मालिका आधारभूत विद्यालय रम्घा तृतीय र वालविकास मावि तान्द्राङटक्सार सान्त्वना स्थान हासिल गरे । त्यसैगरी अभिभावक महिला म्युजिकल चियर तर्फ कविता साँखी प्रथम, आईतीमाया नेपाली द्वितीय र अस्मिता साँखी तृतीय भए ।
सो अवसरमा शैक्षिक गुणस्तरीयताका आधारमा शिक्षक सीता थापा, भौतिक प्रगतिका आधारमा शिक्षिका अर्चना अधिकारी पौडेल र रामकुमार श्रेष्ठ सम्मानित गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व वडाध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका कान्छी मनमाया साँखीले स्वागत एवं शिक्षक रामकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
– रामकुमार श्रेष्ठ ‘फुच्चे’को सहयोगमा ।

प्रकाशित मिति २०८० माघ २७, शनिबार ०७:४९ गते
हजुरको प्रतिक्रिया