एक साथ तीन साहित्यिक कृतिको विमोचन : तीन स्रष्टाको व्यक्तित्व र कीर्तित्वमा प्रकाश

एक साथ तीन साहित्यिक कृतिको विमोचन : तीन स्रष्टाको व्यक्तित्व र कीर्तित्वमा प्रकाश

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत ११ गते आईतबार ०७:१८

ऐतिहासिक रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा अनेसास पोर्चुगल च्याटरका महासचिव कल्पना खरेलले घनपोखरा ओर्लिर्र्एादेखि कार्यक्रम चलिरहँदाको सन्दर्भ समेटेर तत्कालै रचना गर्नु भएको कविताले विशेष चर्चा पाएको थियो ।

विभिन्न संस्था र व्यक्तित्व सम्मानित

घनपोखरा(लमजुङ)– लमजुङमा एक साथ तीन साहित्यिक कृतिको विमोचन गर्दै जिल्लाका उपज तीन स्रष्टाहरूको व्यक्तित्व र कीर्तित्वमा प्रकाश पार्ने कार्य भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आयोजना मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धन र वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङका परिवारजनबाट व्यवस्थापनका साथ गरिएको कार्यक्रममा ती कार्य चैत १० गते भएको हो ।
कविवर डिल्लीजङ गुरुङको जीवनी ‘मेरा कविगुरु डिल्लीजङ गुरुङ’ :
प्रकाशित कृतिमा वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको जीवनीमा आधारित कविवर मेदिनी सुवेदीद्वारा लिखित ‘मेरा कविगुरु डिल्लीजङ गुरुङ’, अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा प्रकाशित राष्ट्रकवि माधवप्रसाद घिमिरे विशेषांक ‘दर्पण’ र ठाडोभाका लोककला प्रतिष्ठान नेपालले सोही कार्यक्रमको सन्दर्भमा प्रकाश पार्दै प्रकाशित गरिएको ‘स्मारिका’को विमोचन नेपाली भाषा, संस्कृतिका प्रकाण्ड विद्वान नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँसहित मञ्चासिन सबै व्यक्तित्वबाट विमोचन कार्य भएको हो ।
वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङका बुहारी द्वय मोहनकुमारी र हेमकुमारीद्वारा प्रकाशित कृतिमा भाषा सम्पादन सहप्रा. ज्ञाननिष्ठ ज्ञवालीको रहेको छ । ८० पेजको उक्त कृतिमा वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको जीवनीका साथमा श्रीकान्त अधिकारी, डा. जीवन अधिकारीको भूमिका रहेको छ । दुई खण्डमा प्रकाशित सो कृतिको पहिलो खण्डमा घनपोखराको चिनारी सहित कविवरका बाजे घ्याल्पा गुरूङ, बुबा मणिलालको समेत संक्षिप्त जीवनीसहित वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको बहुआयामिक व्यक्तित्वका बारेमा विभिन्न १२ शीर्षक र ७ उपशीर्षकमा वर्णन गरिएको छ ।

यसैगरी, दोस्रो खण्डमा घनपोखराको भौगोलिक चिनारीसहित विभिन्न परिवेशका बारेमा प्रकाश गरिएका १२ वटै शीर्षक रहेका छन् । त्यसपछि अन्तिममा वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको वंशानुक्रम राखिएको छ ।

विमोचन पछि उक्त कृतिका बारेमा ज्ञाननिष्ठ ज्ञवाली र डा. जीवन अधिकारीले समिक्षाका साथ प्रकाश पार्नु भएको थियो ।
अनेसासको राष्ट्रकवि घिमिरे विशेषांक ‘दर्पण’ :
अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा प्रकाशित राष्ट्रकवि माधवप्रसाद घिमिरे विशेषांक ‘दर्पण’ १२२ पेज रहेको छ ।
लालगोपाल सुवेदी प्रधान सम्पादक, हरिप्रसाद काफ्दे ‘शैव’ कार्यकारी सम्पादक र ११ जना विभिन्न व्यक्तित्व सम्पादक रहनु भएको अनेसास न्यूयोर्कका अध्यक्ष गीता खत्री, अनेसासकै केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’को. शुभकामना रहेको छ । दर्पणमा पनि दुई खण्ड रहेको छ । पहिलो खण्डमा राष्टकविको कृर्तित्व र व्यक्तित्वबारेमा प्रकाश पारिएका विभिन्न ३३ जना व्यक्तित्वका लेख छन् भने दोस्रो खण्डमा कविता/गीत/गजल रहेका छन् । जसमा २७ जनाको रचना समेटिएको छ ।

यसैगरी, उक्त कृतिका बारेमा अनेसासका निवर्तमान महासचिव ऋषभदेव घिमिरेले प्रकाश पार्नु भएको थियो ।

ठाडोभाकाको स्मारिका :

यसैगरी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालले प्रकाशन गरेको स्मारिकामा ६४ पेज छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संघीय सांसद पृथ्वीसुब्बा गुरुङ, डा. जगमान गुरुङ, संविधानसभा सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वरिष्ठ साहित्यकार एवम् प्रथम खुला(राष्ट्रव्यापी) कविता प्रतियोगिताका निर्णायक समितिका संयोजक भुवनहरि सिग्देल, प्रतिष्ठानका सल्लाहकार एवम् राष्ट्रिय भूमि आयोगका जिल्लाध्यक्ष दामोदर अधिकारी, वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङका कान्छा छोरा मेजर गोपाल गुरुङ र प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीको शुभकामना समेटिएको छ ।
उक्त कृतिमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गरेको प्रथम राष्ट्रव्यापि खुला प्रतियोगितामा उत्कृष्ठ ठहर भएका १८ जना कविको काविता, निर्णायकहरू भुवनहरि सिंग्देल, प्रभा भट्टराई र गोविन्दबहादुर कुँवरका धारणा सहितको चिनारी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालको चिनारी, ठाडोभाका गीतको रचना गर्ने तरिका, नाँच र बाध्यवादनका बारेको जानकारी, कविवर डिल्लीजङको संक्षिप्त जीवनीमा प्रकाश पारिएका दुई लेख समेत रहेका छन् ।

ऐतिहासिक रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा ‘मेरा कविगुरु डिल्लीजङ गुरुङ’का लेखक कविवर मेदिनी सुवेदीको व्यक्तित्वका बारेमा समेत प्रकाश पार्ने काम विभिन्न वक्ताहरूबाट भएको थियो । सो अवसरमा नेपालको पूर्वझापादेखि सुदर पश्चिममा रहेको बैतडी तथा रोल्पा, ठाडोभाका लोककला प्रतिष्ठान नेपालले प्रकाशन गरेको उक्त स्मारिकाको सम्पादक नवराज पहाडी हुनुहुन्छ भने विशेष सहयोगीमा प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ रहनु भएको छ ।

राजधानी काठमाडौंबाट विभिन्न स्रष्टाहरूको जमघटमा राष्ट्रिय कवि गोष्ठी समेत गरिएको थियो ।
स्मरणीय छ, सो अवसरमा अनेसास पोर्चुगल च्याटरका सचिव गोमा रेग्मीले उक्त कार्यक्रममा घनपोखरा ओर्लिर्र्एादेखि कार्यक्रम चलिरहँदाको सन्दर्भ समेटेर तत्कालै रचना गर्नु भएको छन्द कविताले विशेष चर्चा पाएको थियो ।
विभिन्न संस्था र व्यक्तित्वहरूलाई सम्मान :
उक्त अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले सहकार्य गरेका र सम्मान गरिएका विभिन्न संस्था तथा व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अनेसास नेपाल च्याप्टरलाई च्याप्टरका अध्यक्ष राजेन्द्र केसीलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, घनपोखरामा रहेको खकुरी समाज, मिलिजुली र सिर्जनशील आमा समूहलाई सस्थागत सम्मान गरिएको थियो । त्यसैगरी, साहित्यका लागि पर्यटन काव्ययात्राका परिकल्पनाकार ऋषभदेव घिमिरे, वरिष्ठ मुक्तककार दिव्य गिरी, वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङका जेठी बुहारी मोहनकुमारी र कान्छा छोरा बुहारी क्रमशः मेजर गोपाल गुरुङ र हेमकुमारी गुरुङलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डा. जगमान गुरुङ, विशेष अतिथि त्रय संविधानसभा सदस्य भेषबहादुर पौडेल, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र क्ब्होलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले संयुक्त रुपमा उहाँहरूलाई टिका, दोसल्ला र सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।

वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङका कान्छा छोरा मेजर गोपाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले धन्यवाद मन्तव्य समेत व्यक्त गर्नु भएको थियो भने ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले सञ्चालन तथा उपाध्यक्ष शोभा थापाले स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० चैत्र ११, आईतवार ०७:१८ गते
हजुरको प्रतिक्रिया