काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल आफ्नै कारणले पार्टीमा एक्लिएकोमा निलम्बनमा पर्नु भएको छ । साे दलको केन्द्रीय समिति बैठकमा उहाँले देखाएको अस्वभाविक व्यवहारले उहाँ लाई ७ दिनका लागि महामन्त्री र प्रवक्ता पदबाट असार १९ गते निलम्बन गरिएको हो ।
पार्टीको बिहान सुरु भएको बैठकमा उहाले लाइभकाे प्रस्ताव गर्नु भएको थियोे तर त्यो प्रस्तावकाे पक्षमा हात उठाउने एकजना पनि नभए पछि मुकुल एक्लिनु भएको हाे । त्यसपछि पनि उहाँको व्यवहार अस्वभाविक भएको केन्द्रीय सदस्यहरुकाे भनाइ छ । बैठकमा लाइभ नहुने भएपछि केही बेरका लागि भन्दै बाहिरीनु भएका उहाँ १२- १५ मिनेटमा आफ्नो वाक स्वतन्त्रता हनन भयो भन्दै मुखमा टेप बाधेर बैठक कक्षमा प्रवेश गर्नु भएको थियोे । उहाँलाई पार्टी सभापति रविले प्रतिवेदन सुनाउन अनुरोध गर्दा पनि टेर्नु भएन त्यसपछि त्यो प्रतिवेदन सहमहामन्त्री मनिष झाले बैठकमा पढेर सुनाउनु भएको थियोे । ३८ जिल्ला भ्रमण गरि ३ हजार कार्यकर्तालाई भेट गरि तयार गरेको भनिएको प्रतिवेदनमा रास्वपा नभई रविकाे पार्टी भएको भन्दै पार्टीलाई पर्ने बताएको उल्लेख छ । प्रतिवेदनमा आआफ्नो धारणा राख्न केन्द्रीय सदस्यहरुलाई ७/७ मिनेटको समय उपलब्ध गराइएको थियोे । अधिकांश वक्ताले महामन्त्री डा. ढकालकाे कार्यशैलीप्रति प्रश्न उठाउनु भएको थियोे । ढकालकाे साे व्यवहारका कारण प्रतिवेदनकाे अन्तरवस्तु नै छायामा परेको उहाँ निकट एक केन्द्रीय सदस्यकाे भनाइ छ ।
महामन्त्री डा. ढकालले देखाएको व्यवहारलाई लिएर पदाधिकारी बैठकमा छलफल हुने भएको छ । मुकुलकाे आफ्नै कारण साे प्रतिवेदनकाे अपनत्व लिने नलिने तथा कार्यान्वयन के कसरी गर्ने भन्ने अन्याेल छ ती केन्द्रीय सदस्यले भने । उनका अनुसार महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरिएको छ ।
‘असार १९ गते बसेको केन्द्रीय समितिको बैठकमा तपाईंले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६ (१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।
पार्टीको जस सभापति आफूले मात्र लिएको दाबी गर्नुहुने डा. ढकालले यश अघि पार्टीमा आफ्नो साेच लाद्दै जिल्ला समिति ३ जनाको मात्र बनाउने, निर्वाचन क्षेत्र समिति कहिले गठन गर्ने कहिले निस्कृय बनाउने जस्ता कार्य महामन्त्रीबाट हुने गरेको हने । बैठक आज २० गते पनि बस्ने कार्यक्रम छ ।
प्रकाशित मिति २०८१ असार २०, बिहीबार ०७:०३ गते