स्थापना दिवसमा जनविकासमा माविमा जुनियर रेडक्रस सर्कल गठन

स्थापना दिवसमा जनविकासमा माविमा जुनियर रेडक्रस सर्कल गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २० गते बिहिबार ०३:१२

समितिको शिक्षक नायकमा शिवराज अधिकारी चयन हुनुभएको छ भने सहशिक्षक नायकमा लिलावती न्यौपाने हुनुहुन्छ । त्यस्तै, उक्त सर्कलको संरक्षकमा सो माविका प्रधानाध्यापक एकदेव घिमिरेले रहनु भएको छ ।

उक्त सर्कल समितिको अध्यक्षमा प्रतिक्षा तामाङ तथा युवा सर्कलमा मोहन गुरुङ र पुष्पा तामाङ चयन हुनु भएको छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा रहेको यहाँ स्थित जनविकास माविमा जुनियर रेडक्रुस सर्कल गठन गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसका अवसरमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको एक भेलाले सर्कलको समिति गठन कार्य भदौ २० गते गरेको हो ।
उक्त सर्कल समितिको अध्यक्षमा प्रतिक्षा तामाङ, उपाध्यक्ष सन्त घले, सचिव अनुष्का श्रेष्ठ, कोषाध्यक्ष रचना श्रेष्ठ उपसचिव सदीक्षा पन्त र उपकोषाध्यक्षमा विराज बस्नेत चयन हुनुभएको छ । यसैगरी, सो समितिको सदस्यहरूमा मिटु गुरुङ, रोहन गुरुङ, अंशु गुग्ता, सुनिल गुरुङ, आदित्य चौधरी र सिजिन गुरुङ चयन हुनु भएको छ ।
यसैगरी, युवा सर्कलमा मोहन गुरुङ र पुष्पा तामाङ चयन हुनु भएको छ ।
यसैगरी, शिक्षक नायकमा शिवराज अधिकारी चयन हुनुभएको छ भने सहशिक्षक नायकमा लिलावती न्यौपाने हुनुहुन्छ । त्यस्तै, उक्त सर्कलको संरक्षकमा सो माविका प्रधानाध्यापक एकदेव घिमिरेले रहनु भएको छ ।
सो भेलामा समिति गठन गर्नु अघि शिक्षक अधिकारीले रेडक्रसका सिद्धान्त, उद्देश्य एवम् सर्कलले गर्नु पर्ने कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
समितिमा चयन भएकाहरूलाई प्रअ घिमिरेले टीका लागउँदै बधाईका साथ कार्यकालको सफलताको कामना गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन लिलावती न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ भाद्र २०, बिहीबार १५:१२ गते
हजुरको प्रतिक्रिया