बेसीशहर(लमजुङ)– एसईई तथा प्लस टु सकेर विदेश खासगरी जापान, अस्ट्रेलिया, अमेरिका, यु के लगायतका देशहरूमा जान चाहने विद्यार्थीहरूको सहजताको लागि शैक्षिक परामर्श कार्यक्रम आयोजना गरिएको छ । Precious Voyage Education Centre को आयोजनामा सो कार्यक्रम असोज ८ गते सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रममा Precious Voyage Education Centre का संस्थापक प्रोपाइटर सुशील पन्तले विदेशमा अध्ययनका लागि जादा अपनाउने पर्ने विधि, आफूमा हुनु पर्ने दक्षताका बारेमा जानकारी दिदै मेहनत बिना केही प्राप्त नहुने हुँदा मेहनत गर्नमा पछि पर्न नहुने बताउनु भयो । उहाँले आफूहरूले मुलतः जापान र त्यसपछि अन्य देशहरूमा पनि जान चाहनेहरूका लागि सहजिकरण गर्ने गरिआएको जानकारी दिदै यो क्रममा कुनै अप्ठेरो परेमा सहयोग गर्न तयार रहेको उल्लेख गर्नु भएको थियो ।
उहाँले अमेरिका लगायतका देशमा जानका लागि कम्तिमा तीन भन्दा माथि जिपिए ल्याउनु पर्ने प्रावधान रहेको जानकारी दिदै जत्ति धेरै जिपिए भयो उती राम्रो हुने र सम्बन्धित देशको भाषा जान्न सकेमा झनै सहज हुने जानकारी दिनु भयो । उहाँले सो अवसरका सहभागीहरुले सोधेका प्रश्नको समेत जवाफ दिनु भएको थियो ।
सो अवसरमा परामर्शका लागि आउनु भएकी जापानी प्रतिनिधि हारुना नकातोले शैक्षिक परामर्श प्रदान गर्नु भएको थियो । उहाँलाई गोल्ड स्टोन एजुकेशन सेन्टर बेसीशहरका प्रोपाइटर अशोक सुनारले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ समेत सहभागी हुनुभएको सो कार्यक्रममा २५ जनाले भाग लिएका थिए भने व्यवसायी एवम् Precious Voyage Education Centre बेसीशहर शाखाका सम्पर्क व्यक्ति बालकृष्ण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको सुरुमा उहाँले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो ।
प्रकाशित मिति २०८१ आश्विन १०, बिहीबार ०६:३९ गते