प्रेस चौतारीका केन्द्रीय अध्यक्ष पाण्डेलाई गृह जिल्लामा सम्मान

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष पाण्डेलाई गृह जिल्लामा सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २६ गते बुधबार ०८:१८

सो अवसरमा प्रेस चौतारी नेपालको केन्द्रीय अनुसासन आयोगका सदस्य चयन हुनुभएका अनुज अधिकारी तथा केन्द्रीय निर्वाचनमा आयोगमा सदस्य चयन हुनु भएका जनक श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

सम्मान ग्रहणपछि प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पत्रकारिता क्षेत्रमा आफू अध्यक्ष पदमा निर्वाचित हुनु अगाडिनै अघि सारेका योजनाहरू पूरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बेसीशहर– प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय अध्यक्ष गणेश पाण्डेलाई उनको गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ । प्रेस चौतारी लमजुङ शाखाले जिल्ला सदरमुकामका बेसीशहर स्थित मदनआश्रीत भवनको सभाहलमा एक कार्यक्रमको आयोजना गरी चैत २६ गते स्वागत तथा सम्मान गरिएको हो ।
लमजुङमा जन्म घर भई जिल्लाबाटै पत्रकारितामा प्रवेश गर्नुभएका पाण्डे चैत १० देखि १२ गतेसम्म विराटनगरमा सम्पन्न प्रेस चौतारीको १० औं महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
सो अवसरमा प्रेस चौतारी नेपालको केन्द्रीय अनुसासन आयोगका सदस्य चयन हुनुभएका अनुज अधिकारी तथा केन्द्रीय निर्वाचनमा आयोगमा सदस्य चयन हुनु भएका जनक श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछि प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पत्रकारिता क्षेत्रमा आफू अध्यक्ष पदमा निर्वाचित हुनु अगाडिनै अघि सारेका योजनाहरू पूरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पाण्डेले पत्रकारको पेशागत तथा व्यक्तिगत सुरक्षा एवम् हकहित र व्यवासायिकतामा जोड दिने बताउनुभयो ।
उक्त कार्यक्रममा एमालेका जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङ, प्रेस चौतारी लमजुङका संस्थापक जिल्ला अध्यक्ष शुभाष पौडेल, पत्रकार महासंघका जिल्ला सचिव कृष्णबहादुर आलेलगायतले पत्रकारिता क्षेत्रलाई अब्बल बनाउँदै माथि उठाउने कार्यमा नव निर्वाचित अध्यक्षको महत्वपूर्ण भूमिका हुने अपेक्षा गरेको उल्लेख गर्नुभएको थियो ।
उक्त सम्मान कार्यक्रम प्रेस चौतारीका जिल्ला अध्यक्ष सुरज गुरुङको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति २०८१ चैत्र २७, बुधबार ०८:१८ गते
हजुरको प्रतिक्रिया