क्व्होलासोथार सकेर मध्यनेपाल– १, २ सकिदा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै

क्व्होलासोथार सकेर मध्यनेपाल– १, २ सकिदा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २१ गते शुक्रबार ०६:३२

गृह पालिकामा पनि खासै मत बढाउन नसक्नु भएका कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ ३ हजार २ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ पृथ्वीसुब्बा गुरुङभन्दा चार सय ६१ मतले पछि र रास्वपाका धर्म केसी भन्दा ८० मतले अघि हुनुहुन्छ ।

बेसीशहर– लमजुङमा जारी मत गणनाको पछिल्लो अपडेट नतिजा अनुसार हालसम्म दूधपोखरी गाउँपालिका, क्व्होलासोथार गाउँपालिका र मध्यनेपाल नगरपालिका– १ र २ को मत गणनामा सकिएको छ । आफ्नो गृह पालिका क्ब्होलासोथरबाट अघि बढ्नु भएका एमालेका उपाध्यक्ष एवम् निवर्तमान सूचना तथा सञ्चारप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मध्यनेपाल नगरपालिका– १ र २ को नतिजा आउँदा पनि अग्रता कायम गर्नु भएको मत्र हैन मतान्तर समेत बढाउनु भएको छ ।
पछिल्लो नतिजा अनुसार पृथ्वीसुब्बा गुरुङले ३ हजार ४ सय ६३ मत ल्याउनु भई चार सय ६१ मतले अघि हुनु भएको छ । गृह पालिकामा पनि खासै मत बढाउन नसक्नु भएका कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ ३ हजार २ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने रास्वपाका धर्म केसी भन्दा ८० मतले अघि हुनुहुन्छ ।
रास्वपाका उम्मेदवार धर्मराज केसीले २ हजार ९ सय २२ मत पाउनु भएको छ ।
नेकपा उम्मेदवार हरिजङ तामाङले ४ सय ६० मत ल्याउनु भएको छ ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणना कार्य रातभर जारी रहने बताइएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १८:३२ गते
हजुरको प्रतिक्रिया