दुरा जातिको जातीय संस्कार संस्कृति अनुसार पिङ्गमा पुजा आराधना गरेर, कुखुराको भोग दिई सात कन्यालाई समेत पुजेर, ती कन्याहरूलाई संयुक्त रुपमा खेलाएर पिङ्गको औपचारिक उद्घाटन गरिएको थियो ।
लमजुङको मध्यनेपाल नगरपालिका– १० हाँडीखोला बर्धान गाउँ नेपालको मौलिक लोक संस्कृतिको धरोहरका रुपमा रहेको ठाडोभाकाको समेत उदगम स्थल हो ।
बर्धन(लमजुङ)– नेपालको मौलिक लोकसंस्कृतिको उदगम स्थलमध्येको एक लमजुङको मध्यनेपाल नगरपालिका– १० को हाँडीखोला बर्धान गाउँमा यो वर्ष पनि २४ पिर्के रोहोटे पिङ्ग यो वर्ष पनि सञ्चालनमा ल्याइएको छ । बडादशैंको फूलपातीको दिन असोज ३१ गते उक्त पिङ्गको औपचारिक रुपमा उदघाटन गरिएको हो ।
स्थानीय दुरा जातिको जातीय संस्कार संस्कृति अनुसार पिङ्गमा पुजा आराधना गरेर, कुखुराको भोग दिई २४ पिर्के रोहोटे पिङ्ग सञ्चालनमा ल्याएको हो । सो अवसरमा सात कन्यालाई समेत पुजिएको थियो । उक्त पिङ्गको ती कन्याहरूलाई संयुक्त रुपमा खेलाएर पिङ्गको औपचारिक उद्घाटन गरिएको थियो ।
लमजुङको मध्यनेपाल नगरपालिका– १० हाँडीखोला बर्धान गाउँ नेपालको मौलिक लोक संस्कृतिको धरोहरका रुपमा रहेको ठाडोभाकाको समेत उदगम स्थल हो । ठाडोभाकाका सिर्जनाकार (स्रष्टा) देउवहादुर दुराको स्मृतिमा उक्त गाउँमा स्थानीय दुरा सेवा समाज (इकाई)को सक्रियतामा एक घुमाउने घर अर्थात दुरा संस्कृतिको संग्रहालयसमेत निर्माण गरिएको छ ।
सोही घुमाउने घरको प्रांगणमा पछिल्ला चार वर्षदेखि २४ पिर्के रोहोटे पिङ्ग सञ्चालनमा ल्याउने गरिएको हो । यो वर्षको बडादशैंमा पनि सोही परम्परा एवम् संस्कृतिलाई निरन्तरता दिइएको हो । बडादशैं, दिपावली तथा ल्होछार पर्वको उपलक्ष्यमा सो पिङ्ग सञ्चालनमा ल्याइएको हो । उक्त पिङ्ग ल्होछार पर्वपछि मात्र खोलिने छ ।
उक्त गाउँमा रहेको दुरा सेवा समाज(इकाई)का अध्यक्ष कप. पूर्ण बहादुर दुराले उक्त २४ पिर्के रोहोटे पिङ्गको आवश्यकता, औचित्य तथा महत्वमा प्रकाश पार्नु भएको थियो । उहाँले दुरा समाजको संस्कृतिसँग २४ पिर्के रोहोटे पिङ्गको अन्योन्यास्रित सम्बन्ध समेत रहेको उहाँले उल्लेख गर्नु भयो । उहाँले उक्त पिङ्ग खेल्न आउने छरछिमेकीहरूलाई आग्रहका साथ भन्नुभयो, ‘यो पिङ्ग खेल्न आउदा समुहगत रुपमा कम्तिमा ३० जना वा सोभन्दा माथिको समूह मिलाएर आउनु होला ।’
उक्त २४ पिर्के पिङ्गको निर्माण लागतका बारेको जिज्ञासामा गत बर्ष चार लाख र यो बर्ष पाँच लाख रुपैयाँ मध्यनेपाल नगरपालिकाले दुरा संग्राहलय र पिङ्ग निर्माणको लागि बजेट उपलब्ध गराएको हो । अन्तिम हिसाव गर्न बाकी छ अध्यक्ष कप दुराले जानकारी दिनु भयो ।
उक्त २४ पिर्के पिङ्गको उदघाटन गरी सञ्चालन आए पछि बर्धन गाउँका बासिन्दाहरू मिलेर सामुहिक भोजको कार्यक्रमसमेत गरिएको थियो । पत्रकार सुरज गुरुङको सहयोगमा । साथमा फोटो फिचर ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..