शिशु विद्याश्रम मावि, लमजुङको भूतपूर्व विद्यार्थी समाजको अध्यक्षमा लोकेन्द्र कुमाल

शिशु विद्याश्रम मावि, लमजुङको भूतपूर्व विद्यार्थी समाजको अध्यक्षमा लोकेन्द्र कुमाल

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ३ गते मङ्गलबार ०७:५६

नवगठित समाजको अध्यक्षमा लोकेन्द्र कुमाल चयन हुनुभएको छ । समितिको उपाध्यक्षः गोविन्द कण्डेल, राजेन्द्र सिर्मल र कौशीला श्रेष्ठ, सचिवः पदम पोखरेल, कोषाध्यक्षः राजन भट्ट र सहसचिवः सुमन ढकाल चयन हुनु भएको छ ।

सल्लाहकार समितिमा कृष्ण पोख्रेल, डा. तान्त्रिका खनाल, पुष्पराज खनाल, पूर्णबहादुर नेपाली, सूर्य बहादुर उपरकोटी, रन्जित कुमाल, सन्दिप पाण्डे र गुन्जमान तामाङ रहनु भएको छ ।

तीनपिप्ले(लमजुङ)– शिशु विद्याश्रम माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरूको एक भेलाले शिशु विद्याश्रम माविको भूतपूर्व विद्यार्थी समाजको गठन गरेको छ । समाजको अध्यक्षमा लोकेन्द्र कुमाल कार्तिक ३ गते चयन हुनु भएको छ ।
भूतपूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यालयको शैक्षिक विकास, विद्यार्थीको उज्ज्वल भविष्य तथा सामाजिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले शिशु विद्याश्रम माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाज गठन गरिएको हो ।
नवगठित समाजको अध्यक्षमा लोकेन्द्र कुमाल चयन हुनुभएको छ । समितिको उपाध्यक्षः गोविन्द कण्डेल, राजेन्द्र सिर्मल र कौशीला श्रेष्ठ, सचिवः पदम पोखरेल, कोषाध्यक्षः राजन भट्ट र सहसचिवः सुमन ढकाल चयन हुनु भएको छ ।
समितिको सदस्यहरूमा सन्तोष भण्डारी, डा. रामशरण नेपाली, सुरेन्द्र नेपाली, इ. नवीन नेपाली, सन्तोष तिवारी, किरण परियार, यम बहादुर कुमाल, कमल खड्का, बिमल पोख्रेल, शैलेश नेपाली, शंकर नेपाली र अशोक उपरकोटी रहनु भएको नवगठित समितिका सचिव पदम पोखरेलले बताउनु भएको छ ।
उहाँका अनुसार सल्लाहकार समितिमा कृष्ण पोख्रेल, डा. तान्त्रिका खनाल, पुष्पराज खनाल, पूर्णबहादुर नेपाली, सूर्य बहादुर उपरकोटी, रन्जित कुमाल, सन्दिप पाण्डे र गुन्जमान तामाङ रहनु भएको छ ।
विद्यालय शिक्षा हासिल गर्ने थलो मात्र नभई भविष्य निर्माण गर्ने आधार समेत हो । भूतपूर्व विद्यार्थीहरूको ज्ञान, अनुभव र सहकार्यलाई विद्यालयको हितमा जोड्दै अघि बढ्न सकेमा विद्यालयको शैक्षिक गुणस्तर सुधार, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग र विद्यालयको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति २०८३ कार्तिक ४, मंगलवार १९:५६ गते
हजुरको प्रतिक्रिया