मीन तामाङ गुरुङ कफीको व्यवसायिक खेतीमा जुट्ने तयारीमा

मीन तामाङ गुरुङ कफीको व्यवसायिक खेतीमा जुट्ने तयारीमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २६ गते बुधबार १०:०८

उहाँले लमजुङको जिल्ला सदरमुकाम बेसीशहर आसपासको क्षेत्रमा जग्गा भाडामा लिएर कफीको व्यवसायिक खेती गर्ने तयारीमा आफू जुटेको जानकारी दिनु भएको छ ।

दोर्दी गाउँपालिका– ६ निवासी उहाँले कफी खेतीका बारेमा तीन दिनको तालिम समेत लिएर कफीको व्यवसायिक खेती गर्ने तयारी गरेको बताउनु भएको हो ।

बेसीशहर– लमजुङका मीनबहादुर तामाङ गुरुङले कफीको व्यवसायिक खेती गर्ने हुनु भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ छोटेखोला निवासी उहाँले कफी खेतीका बारेमा तीन दिनको तालिम समेत लिएर कफीको व्यवसायिक खेती गर्ने तयारी गरेको बताउनु भएको हो ।
उहाँले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराद्वारा सोही स्थानमा यही चैत १८ गतेदेखि २० गते तीन दिनसम्म सञ्चालन गरिएको कफी नर्सरी स्थापना तथा व्यवस्थापन तालिममा भाग लिएर फर्कनु भएको छ । सो तालिम निकै फलदायी भएको बताउँदै उहाँले तालिमबाट आफू उत्प्रेरित भएको जानकारी दिनु भएको छ । त्यसैले अब आफ्नै जिल्लामै बसेर उहाँले कफीको व्यवसायिक खेती गर्ने बताउनु भएको हो ।
उहाँले लमजुङको जिल्ला सदरमुकाम बेसीशहर आसपासको क्षेत्रमा जग्गा भाडामा लिएर कफीको व्यवसायिक खेती गर्ने तयारीमा आफू जुटेको जानकारी दिनु भएको छ ।
कुनै पनि काममा लागेपछि त्यसलाई टुंगोमा पु¥याउनु पर्छ भन्ने धारणाबाट अभिप्रेरित भई क्रियाशील हुनुहुने तामाङ नेपाल प्रहरीका निवृत्त असई समेत हुनुुहन्छ ।

प्रकाशित मिति २०८१ चैत्र २७, बुधबार १०:०८ गते
हजुरको प्रतिक्रिया