रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज छैटौं पटक (दिन) पनि हेर्न नमिल्नेमा

रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज छैटौं पटक (दिन) पनि हेर्न नमिल्नेमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ५ गते सोमबार ०७:११

यसप्रकार बन्दी प्रत्यक्षीकरणको मुद्दा छैटौं पटक पनि हेर्र्न नमिल्नेमा परेको संभवतः विश्वकै पहिलो घट्ना हुनु पर्छ यसले नेपालको न्याय क्षेत्र के कति चुस्तदुस्त छ भन्ने समेत उजागर हुन गएको छ । यो मुद्दा सम्भवतः अब गिनिजबुकमा दर्ज हुने दौडमा रहेको जानकारहरू बताउँछन् ।

रविका वकिलहरूले अनुरोध गरेपछि उक्त इजलासले हेर्न नमिल्नेलाई तर्काएर हेर्न मिल्नेले गोला तान्ने व्यवस्था मिलाउन आदेश भएको हो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज छैटौं पटक पनि हेर्न नमिल्नेमा दर्ज भयो । सो रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले परेर हेर्न नमिल्नेमा जेठ ५ गते राखिएको हो ।
पटक– पटक हेर्न नमिल्नेमा पर्दै आएको उक्त रिट आज प्रधानन्यायाधीश राउत र पाण्डेयको इजलासमा परेको थियो । तर उक्त इजलासमा पनि हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले बताउनु भयो । उहाँका अनुसार रास्पपाका सभापति रविकोसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको छ ।
हिजो जेठ ४ गते मात्र रविको रिट न्यायाधीशहरू मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो । उक्त इजलासले पनि हेर्न नमिल्ने भएपछि हेर्न नमिल्नेलाई तर्काएर बाँकीले गोला तान्ने व्यवस्था गर्न आदेश समेत आदेश दिएको थियो । सो आदेश दिएकोबारेमा सर्बोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले हिजै जानकारी दिनु भएको थियो । तर आज सो ओदशको पनि पालना भएन । सर्वोच्च अदालतले आप्mनै आदेशको समेत पालन नगरेर अदालतको आदेशको उपहास गरेको आम बुझाइ छ ।
रविका वकिलहरूले अनुरोध गरेपछि उक्त इजलासले हेर्न नमिल्नेलाई तर्काएर हेर्न मिल्नेले गोला तान्ने व्यवस्था मिलाउन आदेश भएको हो । त्यस अनुसार जेठ ५ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेस भएको थियो ।
यसप्रकार बन्दी प्रत्यक्षीकरणको मुद्दा छैटौं पटक पनि हेर्र्न नमिल्नेमा परेको संभवतः विश्वकै पहिलो घट्ना हुनु पर्छ यसले नेपालको न्याय क्षेत्र के कति चुस्तदुस्त छ भन्ने समेत उजागर हुन गएको छ । यो मुद्दा सम्भवतः अब गिनिजबुकमा दर्ज हुने दौडमा रहेको जानकारहरू बताउँछन् ।
सामान्यतः बन्दी प्रत्यक्षीकरणको रिट पहिलो प्राथमिकतामा पर्ने गर्दछ तर लामिछानेको यो मुद्दा योसँगै छैटौं पटक हेर्न नमिल्नेमा पारेर सुन्नेहरूलाई समेत चकित बनाउने काम भएको छ ।
सभापति रविकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको हो ।
रास्वपाका सभापति रविको बन्दी प्रत्यक्षीकरणको रिट पहिलो पटक वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेदेखिनै हेर्न नमिल्नेमा दर्ज भएको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश गरेको थियो ।
जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त बेरितको आदेश बदर गर्न माग गर्दै लामिछाने र सरकारी वकिल उच्च अदालत पुगेका थिए ।
त्यसमा सुनुवाइ गरेसँगै लामिछानेलाई कारागार चलान गर्न आदेश भएको थियो । सो आदेश पनि विवाद रहित हुन सकेको थिएन ।
बन्दी प्रत्यक्षीकरणको रिट आज इजलासको चौथो नम्बरमा उक्त मुद्दा परेको थियो । हिजोको अदालतको आदेशका कारण पनि इजलासमा पक्कापक्की सुनुवाइ हुनेमा रवि तथा छविका वकिलहरू ढुक्क देखिन्थे ।
बहसका लागि रविकोतर्फबाट वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, सर्वोच्चकै बार अध्यक्ष मेघराज पोखरेल, अधिवक्ता नारायणदत्त कँडेल र सुदिक्य पन्त इजलासमा उपस्थित भइसक्नु भएको थियो । तर सुनुवाइ सुरू नहुँदै उक्त इजलासले पनि हेर्न नमिल्नेमा सो रिटलाई राख्यो ।
अधिवक्ता नारायणदत्त कँडेलले दिनु भएको जानकारीका अनुसार छविलाल जोशीका वकिल र न्यायाधीश नित्यानन्द पाण्डेय नातेदार परेको कारण देखाइएको छ ।
स्मरणीय छ, बुटवलको सोही सूर्यदर्शन सहकारीमा तीन कार्यकाल(एक कार्यकाल सदस्य र दुई कार्यकाल सहसचिव) पदमा रहदा करिब अढाई करोड हिनामिना गरेको खुलेकी काँग्रेस सांसद माया राईसँग एकै दिनमा बयान लिने र बसह समेत सकेर १० लाख रुपैयाँ धरौटीमा हालै मात्र रिहा गरिएको छ । तर सो सहकारीको सञ्चालक समितिमा त के सेयर सदस्य समेत नरहनु भएका रास्वपाका सभापति रविका विरुद्ध भने एक करोड धारौटी माग गर्दै पुर्पक्षमा समेत राख्ने काम भएको स्थिति छ ।

प्रकाशित मिति २०८२ जेष्ठ ५, सोमबार १९:११ गते
हजुरको प्रतिक्रिया