भरुवा बन्दुक बनाउने तयारीमा रहेका दुई जना प्रहरी फन्दामा

भरुवा बन्दुक बनाउने तयारीमा रहेका दुई जना प्रहरी फन्दामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २९ गते मङ्गलबार ०७:४३

ती व्यक्तिमध्ये सम्बन्धित व्यक्तिले हतियार मर्मत गर्ने अनुमति पाएका थिए । तर, उक्त अनुमति पत्र नवीकरण नभएको पाइएको छ । उनीहरूले मर्मत गर्न लागेका हतियारको अनुमति पत्र वा लाइसेन्स भए नभएको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने उनीहरू ५७ वर्षीय प्रेमविनोद कामी विश्वकर्मा र ४३ वर्षीय दिलबहादुर विक रहेको प्रहरी भनाइ छ ।

बेसीशहर– लमजुङमा प्रहरीले आफ्नै घरमा भरुवा बन्दुक बनाउने अनुमति पाएका तर प्रमाणपत्र नविकरण नगरेका दुई जना प्रहरी फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध हतियार बनाउने तयारीमा रहेका उनीहरूलाई भदौ २७ गते नियन्त्रणमा लिएको हो । तर त्यो बारेमा तीन दिन पछि प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा लमजुङको राइनास नगरपालिका– ९, साउनेपानी निवासी ५७ वर्षीय घरधनी प्रेम विनोद कामी विश्वकर्मा र ४३ वर्षीय दिलबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख, प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रेम विनोद कामी विश्वकर्मा घरमा छापा मार्दा हतियार बनाउन प्रयोग हुने विभिन्न सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी भनाइ छ ।
खानतलासीका क्रममा बरामद सामग्रीहरूमा भरुवा बन्दुक बनाउन तयार पारिएका बन्दुकको बट आकारका काठ ५ थान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुराना भरुवा बन्दुक ४ थान, करिब २ फिट ८ इन्च लम्बाइका ती काठसहित ब्यारेल नभएका ट्रिगर गार्ड र ब्यारेल जडान नभएका पुराना बन्दुकका बट ४ थान तथा भरुवा बन्दुकमा प्रयोग हुने फलामका ब्यारेल १० थान बरामद गरेको छ ।
ती व्यक्तिमध्ये सम्बन्धित व्यक्तिले हतियार मर्मत गर्ने अनुमति पाएका थिए । तर, उक्त अनुमति पत्र नवीकरण नभएको पाइएको छ । उनीहरूले मर्मत गर्न लागेका हतियारको अनुमति पत्र वा लाइसेन्स भए नभएको विषयमा भने अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।
प्रहरीले उनीहरूविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत लमजुङ जिल्ला अदालतमा उपस्थित गराइ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूले विगतमा पुराना हतियार मात्र मर्मत गर्दै आएका थिए वा नयाँ हतियारसमेत बनाएर बिक्री गर्ने गरेका थिए भन्ने लगायतका विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २०८३ भाद्र ३०, मंगलवार ०७:४३ गते
हजुरको प्रतिक्रिया