देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू : एमाले अध्यक्ष ओली

देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू : एमाले अध्यक्ष ओली

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ११ गते बुधबार ०७:४७

उहाँले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै नेता, कार्यकर्तालाई तिहार वा छठपछि भए पनि आन्दोलनको तयारीमा रहन निर्देशन दिनुभएको हो ।

देशको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको दावी गर्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई शपथ ग्रहण गराउँदै ओलीले देशलाई कम्तीमा स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने अवस्थामा पु¥याउन आन्दोलनको तयारी गर्नुपर्ने बताए । अहिले देशले स्वतन्त्रता उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको दाबी कार्तिक ११ गते गर्नु भएको हो ।
अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र, शान्ति भनेर चिच्याउने तर नेपालीलाई धोका दिइरहेको दाबी गर्दै सरकार बलजफ्ती अघि बढिरहेकोले नेपाल प्रहरी बर्दी बिना पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतंकको राज सिर्जना गरेको छ । बोल्यो की त पुर्जी, बोल्यो की त गिरफ्तारी, बोल्यो की त बिना बहिष्कार । पुलिससँग ड्रेस छैन ? डे«स नलगाएर, आवारा हो पुलिस ? गुण्डा हो पुलिस ? बिना बर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने ? गुण्डा हो की को हो ? बलजफ्ती गरेर ढोका फोरेर भित्र पस्छ ।’
उहाँले गत वर्ष फागुन २१ मा भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
देशमा कोही पनि बोल्न नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको, गुण्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए । यस्तो अवस्थालाई थप बिग्रन नदिन आन्दोलन आवश्यक रहेको उहाँको तर्क थियो । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै ओलीले देशलाई अहिलेको संकटपूर्ण अवस्थाबाट पार लगाउने अभिभारा पनि पार्टीको काँधमा आएकोमा जोड दिनु भएको थियो ।
ओलीले थप भन्नुभयो, ‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ । आन्दोलन सुन्नै नहुने टक्टक्याउने खालको मनस्थिबति पनि नबनाउँ । आन्दोलनले शक्ति आर्जन गर्ने हो । आन्दोलनले नै शक्ति आर्जन गर्दछ, यति असहज र अफ्ठ्यारो स्थिति छ, आन्दोलन बाहेक अर्को कुराबाट हामी जान खोज्यो भने, आन्दोलन गर्ने आँट गरेनौं भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो ।’
अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको बताउँदै सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको उल्लेख गर्नु भयो । उहाँले तत्काल वा तिहार तथा छठपछि जहिले भएपनि आन्दोलनको मानसिकताका साथ तयारी अवस्थामा रहन पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
महासचिव शंकर पोखरेलले सञ्चालन गर्नु भएको कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको सहभागिता थियो ।
उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्यमा मनोनीत इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ कार्तिक १२, बुधबार १९:४७ गते
हजुरको प्रतिक्रिया