संसदमा गृहमन्त्री श्रेष्ठद्वारा पूर्व उपप्रधानगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको प्रशंसा

संसदमा गृहमन्त्री श्रेष्ठद्वारा पूर्व उपप्रधानगृहमन्त्री एवम् रास्वपा सभापति  रवि लामिछानेको प्रशंसा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १० गते आईतबार ०२:१९

दवावको आधारमा पदोन्नती हुने, अवान्छित आर्थिक चलखेलका आधारमा पदोन्नती र सरुवाका कामहरू हुने भन्ने कुरालाई पूरै निषेध गर्ने गरी कदम चालेको हुँदा उहाँले आफू भन्दा अगाडिका गृहमन्त्री(रवि)ले पनि सो काम गरेकोमा धन्यवाद समेत दिनु भएको थियो ।

गृहमा आन्तरिक सुशासन पहिलो शर्त

काठमाडौँ– संसदमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वउपप्रधान, गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गर्नु भएको छ । गृहमन्त्री श्रेष्ठले प्रहरीभित्रको सरुवा बढुवामा पूर्वगृहमन्त्री रवि लामिछानेले मापदण्ड बनाएर दवाव र चलखेललाई रोक्ने काम गरेको भन्दै असार १० गते प्रशंसा गर्नु भएको हो ।
मन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफूले आन्तरिक सुशासन पहिलो शर्त भएकोले सुरक्षा संगठनभित्र दवावको आधारमा पदोन्नती हुने, अवान्छित आर्थिक चलखेलका आधारमा पदोन्नती र सरुवाका कामहरू हुने भन्ने कुरालाई पूरै निषेध गर्ने गरी कदम चालेको बताउनु भयो । उहाँले आफू भन्दा अगाडिका गृहमन्त्री(रवि)ले पनि सो काम गरेकोमा धन्यवाद समेत दिनु भएको थियो ।
मन्त्री श्रेष्ठले भन्नुभयो– ‘म भन्दा ठीक अगाडि गृहमन्त्रालयको कार्यभार सम्हाल्नु भएका माननीय सदस्यलाई पनि धन्यवाद दिन चाहन्छु । मैले बुझे अनुसार पदस्थापन र सरुवाजस्ता विषयहरूमा उहाँले पनि एउटा निश्चित मापदण्डका आधारमा काम अगाडि बढाउने दवाव र चलखेललाई भूमिका खेल्न नदिने स्थिति कायम गर्नुभएको थियो ।’ सहीलाई सही भन्नुपर्छ हामीले उहाँले ‘त्यो संस्कृति’ देखाउनु भएको थियो । त्यसका निम्ति म उहाँलाई धन्यवाद दिन चाहन्छु । मन्त्री श्रेष्ठले यसो भन्दै गर्नुहुँदा पूर्वगृहमन्त्री रवि लामिछाने र रास्वपाका सांसदहरूले समर्थनमा टेबल ठोकेर गृहमन्त्री श्रेष्ठलाई हौस्याएका थिए ।

प्रकाशित मिति २०८० असार १०, आईतवार १४:१९ गते
हजुरको प्रतिक्रिया