काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)द्वारा वैदेशिक लगानी तथा एनआरएनका बारेमा अन्तक्रिया गरिएको छ । रास्वपाको केन्द्रीय कार्यालयमा रास्वपाको विज्ञ समुह थिंक ट्याकको आयोजनामा ‘नेपालमा वैदेशिक लगानी(ँम्क्ष्)को अवस्था, कानुनी व्यवस्था र ल्च्ल् का व्यवधान’का विषयमा असार २२ गते गरिएको अन्तरक्रिया निकै फलदायी रह्यो ।
सो अवसरमा सभापति रविले आफू पनि लामो समय(१४ वर्ष)सम्म विदेशमा बसेर भुक्तभोगी भएको कारण विदेशमा बस्ने नेपालीहरूका पीडा र देश विकासमा योगदान गर्ने चाहनाप्रति जानकार रहेको बताउनु भयो । उहाँले एनआरएनहरूको हकमा स्वदेशमा लगानी गर्नका लागि नेपाली नगरिक सरह सहज हुने र पढ्न वा काम गर्नका लागि मात्र गएकाहरूको हकमा समानुपातिकमा मात्र भने पनि बसेकै देशमा मतदान गर्न पाउनु पर्छ भन्ने आफूहरूको मागलाई निर्वाचन आयोगले समेत स्विकार गरी निर्वाचन ऐनमा संशोधन प्रस्ताव गरेको छ, त्यो उपलब्ध हाम्रो पार्टीको कारणबाट भएको हो भन्नुभयो ।
त्यस्तै, पछिल्लो नागरिकता ऐनका बारेमा जन्मसिद्ध बाबुआमाका छोराछोरीलाई वंशजको नागरिकता दिनका लागि कुनै आपत्ति नभएको र त्यसको आफ्नो पार्टीले कही कतै विरोध नगरेको तर मात्र विवाह गरेर आउने बुहारीहरूको हकमा आजको भोलिनै नागरिकता दिने काम गर्नु हुँदैन भन्ने रास्वपाको धारणा रहेको खुलस्त गर्नु भयो । उहाँले क्यानेडा, अमेरिका, भारतको उदाहरण दिदै ती देशहरूमा बुहारीले क्रमशः ३, ५ र ७ वर्षपछि मात्र नागरिकता पाउने गरेका छन् भन्नुभयो । त्यस्तै हाम्रोमा पनि त्यस्तै केही वर्ष कुर्नु पर्ने प्रावधान लागू गर्न आवश्यक छ, आजको भोलि नै नागरिकता दिने काम गर्नु हुँदैन भन्ने प्रष्ट्याउँदै यसमा कोही पनि भ्रममा नपर्न समेत उहाँले आग्रह गर्नु भयो ।
यसैगरी, उपसभापति डोलप्रसाद अर्यालले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । ल्च्ल् का अध्यक्ष कुलप्रसाद आचार्यसमेतका प्रतिनिधिहरूको सहभागितामा भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली (ल्च्ल्) नागरिकताका कानुनी पक्षहरू, प्रवासी नेपालीहरूको मताधिकार र प्रत्यक्ष वैदेशिक लगानी (FDI)का बिषयमा अन्तरक्रिया गरेको हो ।
सो अवसरमा नेपालको शिक्षा, स्वास्थ्य, उर्जा, गरीबी, प्रवासी नेपालीको लगानी अवसर र चुनौती, वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने उपायको खोजी लगायतका विषयमा घनीभूत छलफल भएको बताइएको छ । NRN का सहभागीहरूले यो समस्या समाधानको एक मात्र भरोसाको केन्द्र रास्वपा भएको बताउँदै आवश्यक वातावरण बनाउनका लागि सुझाब दिएको समेत खुल्न आएको छ । विद्यमान स्थितिमा रास्वपाका सभापति रविको हिजोका दिनमा रहेको जस्तो नागरिकता भएका विदेशी भूमिमा बस्ने नेपालीहरूको संख्या १७ लाख आंकलन गरिएको छ । उहाँहरूको भविष्य तथा मताधिकारलाई के कसरी सुरक्षित गर्न सकिन्छ, त्यसको लागि कानुनी सुगमता र बाधा के कस्ता छन् ? भन्ने बारेमा खुलेर छलफल भएको सहभागीहरूको भनाइ छ ।
ल्च्ल् का अध्यक्ष कुलप्रसाद आचार्यले संस्थागत रुपमा ल्च्ल् मैत्री वातारण देशभित्र हुनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले विदेशमा बसेका प्रत्येक नेपालीले व्यवहारमै त्यस्तो सुनिश्चित भएको अनुभूति हुने गरी कानुनी रुपमा व्यवहारिक पाटाहरू NRN मैत्री हुन आवश्यक छ भन्नेमा जोड दिनु भएको थियो । उहाँहरूको भविष्य तथा मताधिकारलाई के कसरी सुरक्षित गर्न सकिन्छ ? आजको मूल प्रश्न यो हो ल्च्ल् का अध्यक्ष आचार्यले उल्लेख गर्नु भएको थियो ।
रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा आफ्ना धारणा राख्नेहरूमा डा. नारायण घिमिरे, चार्टर एकाउन्टेन भरत रिजाल, अञ्जनकुमार दाहाललगायत हुनुहुन्थ्यो ।
आगामी हप्ता यस्तै कार्यक्रम ऊर्जा सम्वद्ध व्यक्तिहरूसँग गरिने भएको रास्वापका निङ्क ट्यांकका केन्द्रीय सदस्य एवम् लमजुङका जिल्ला संयोजक धर्म केसीले बताउनु भयो । उहाँका अनुसार कार्यक्रममा एनआरएनका प्रतिनिधिहरू ३५ जनाभन्दा बढी सहभागी थिए ।
प्रकाशित मिति २०८० असार २४, आईतवार ०५:३६ गते