कान्तिपुरबाट निकालिएका ८२ जना पत्रकारका पक्षमा बडादशैँभरि डिजिटल आन्दोलन

कान्तिपुरबाट निकालिएका ८२ जना पत्रकारका पक्षमा बडादशैँभरि डिजिटल आन्दोलन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ४ गते शनिवार ०८:२४

सोसल साइटमार्फत कान्तिपुरमा भएका समस्या डिजिटल माध्यमबाट माग राख्ने र दवाव दिने र अन्तराष्ट्रियस्तरमै जानकारी गराउन शुरु गरिएको छ ।

कान्तिपुरसहित १८ भन्दा धेरै सञ्चार गृहमा समस्या देखिएको भन्दै यसको निराकरणका लागि समर्थन गर्न श्रमजीवी पत्रकार समक्ष महासंघ र श्रमजीवी पत्रकार संघले अपिल गरेको छ ।

काठमाडौँ– पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघले बडादशैँमा समेत कान्तिपुर मिडिया ग्रपविरुद्धको जारी आन्दोलन सुचारु राख्ने भएका छन् । बडादशैँको अवधिमा पत्रिका निस्कन बन्द हुने भएको हुँदा महासंघ र श्रमजीवी पत्रकार संघका आन्दोलनकर्ताले कात्तिक ३ गतेदेखि डिजिटल स्वरुपमा आन्दोलन सुरु गरेका हुन् ।
कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी– पत्रकारहरूलाई श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत निष्कासन गरेको, सरुवा गरेको, काम गर्ने वातावरण नदिएको र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गरेको भन्दै आन्दोलन सुरु भएको हो ।
आन्दोलनबाट डराएर माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता गरेपनि कार्यान्वयन भने गरेन बरु उल्टै थप पत्रकार निकाल्न थाल्यो । लिखित प्रतिवद्धता पुरा हुने भनेपछि केही समय आन्दोलन रोकिएको पनि थियो ।
कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघ कान्तिपुर शाखाबीच भएको सहमति बहुसङ्खयक पत्रकारले अस्वीकार गरेपछि महासंघ केन्द्रीय समितिले आन्दोलन घोषणा गरेको हो ।
त्यसो त, नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठानले भने विज्ञप्ति निकालेर कान्तिपुरका पत्रकार र व्यवस्थापनबीच सहमति भइसकेको दाबी गरेको छ । उसले प्रतिष्ठानसँगको समन्यवविना आन्दोलन गरिएकोप्रति आपत्तिसमेत जनाएको छ ।
महासंघ र श्रमजीवी पत्रकार संघले आन्दोलन रचनात्मक तथा सिर्जनात्मक हुनुपर्ने बाहेक यसको स्वरुपबारे कसैलाई दवाव नदिएको पत्रकार महासंघका महासचिव रोसन पुरीले बताउनु भयो । उहाँका अनुसार सामाजिक सञ्जालमामार्फत कान्तिपुरका समस्या अन्र्तराष्ट्रिय स्तरसम्मै पुग्ने गरी प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले दिएको अनुदान र कान्तिपुरको खर्चको पारदर्शिता पनि महासंघले खोज्ने भएको छ । सो अन्दोलनमा केन्द्र र ७७ वटै जिल्ला शाखाका प्रतिनिधिले आन्दोलन ऐक्वबद्धता जनाएको बताइएको छ ।
पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघको नेतृत्वमा गत साउन पहिलो हप्तादेखि आन्दोलन सुरु गरेका हुन् । आन्दोलनको दवावमा कान्तिपुर मिडिया ग्रुपले कर्मचारी र पत्रकारको माग सम्वोधन गर्ने आश्वासन दिएको थियो ।
कान्तिपुर मिडिया ग्रुपले आफ्नो हाउसभित्रका पत्रकार र कर्मचारीलाई थप निस्कासन र अवमूल्यन गर्न थालेपछि फेरि धर्ना र आन्दोलन चर्किएको हो। महासंघले कान्तिपुरबिरुद्ध अनिश्चितकालिन दवावमूलक कार्यक्रमको घोषणा गरेको छ । त्यसलाई श्रमजिवि पत्रकार संघले पनि साथ दिएको छ ।
उहाँले भन्नुभयो, ‘सोसल साइटमार्फत कान्तिपुरमा भएका समस्या डिजिटल माध्यमबाट माग राख्ने र दवाव दिने, तथा सरकारलाई खास गरेर न्युनतम पारिश्रमिकसँग सम्बन्धित जुन समस्या छ श्रमजीवी पत्रकार ऐन कार्यन्वयनका लागि दवाव दिने उद्देश्यले डिजिटल आन्दोलनमा मार्फत महासंघ अगाडि जान खोजेको हो, सँगसँगै सम्बन्धित सञ्चार गृहबाट पिडित बनेका ८२ जना मध्येबाट हामीले उहाँहरूको पिडालाई उहाँहरूकै म्वाइसलाई डिटिजल माध्ययममार्फत सेयर गर्ने र अन्तराष्ट्रियस्तरमै जानकारी गराउन शुरु गरेका छौँ । त्यहाँका समस्या बारेमा सम्बन्धित सञ्चारगृहलाई दवाव दिनेछौँ ।’
माग पूरा नभए बडादशैँ पछाडि भौतिक रुपमा उपस्थित भएर पुनः धर्ना र आन्दोलन गर्ने पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार मानवअधिकार र श्रम संगठनसँग सम्बन्धित अन्र्तराष्ट्रि संघ संस्थासँग पनि महासंघले अनौपचारिक छलफल सुरु गरेको छ । उहाँले भन्नुभयो, ‘कानुनी रुपमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहम परामर्श जारी छ ।’
यसको अलवा बडादशैँ लगतै कान्तिपुरमा भएका समस्याबारे नागरिकस्तर सम्मै पुग्ने आन्दोलनकारीको योजना छ । आम नगारिकलाई यस भित्रका समस्या बुझाउनुका साथै सरकारलाई पनि यसबारे औपचारिक रुपमा जानकारी गराउने महासंघको योजना छ ।
राजनीतिक आडमा महासंघले आन्दोलन गर्यो भन्ने कान्तिपुरको दावीको खण्डन गर्दै महासचिव पुरीले आफूहरूलाई दलहरूको पनि साथ चाहिएको र कान्तिपुरको समस्या राजनीतिक दल, दलका प्रमुख सचेतक र कानुन निर्मातालाई पनि जानकारी गराउने बताएका छन् । कानुन कार्यान्वयन गर्न छाडेर कान्तिपुरले कुतर्क गरेको पुरीको भनाइ छ ।
कान्तिपुरसहित १८ भन्दा धेरै सञ्चार गृहमा समस्या देखिएको भन्दै यसको निराकरणका लागि समर्थन गर्न श्रमजीवी पत्रकार समक्ष महासंघ र श्रमजीवी पत्रकार संघले अपिल गरेको छ ।
पछिल्लो पटक ८२ जना पत्रकार तथा कर्मचारी पिडित छन् । मागहरू व्यवस्थापनले वार्तामार्फत सम्बोधन गर्न पत्रकार महासंघ, श्रमजीवी–पत्रकार संघ, नेपालसहित विभिन्न सरोकारवाला संघ संगठन कान्तिपुरस्थित अस्तित्वमा रहेका संघ–संगठनहरूसहितको संयुक्त आन्दोलनबाट मात्र सम्भव रहेको भन्दै आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने आन्दोलनकारीले चेतावनी दिएका छन् ।

प्रकाशित मिति २०८० कार्तिक ४, शनिबार ०८:२४ गते
हजुरको प्रतिक्रिया