त्रिभुवन विमानस्थलको १४ किलो सुन प्रकरणमा : सरसफाइ सुपरभाइजर पक्राउ

त्रिभुवन विमानस्थलको १४ किलो सुन प्रकरणमा : सरसफाइ सुपरभाइजर पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २८ गते बिहिबार ०६:०७

मंसिर २१ गते राति ११ः४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घले पक्राउ परेका थिए । उनले आफ्नो ज्याकेट बनाएर १४ किलो सुन ल्याएको फेला परेको थियो ।

सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छ सदस्यीय छानविन समिति गठन गरेको छ ।

काठमाडौं– १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । दुबईबाट काठमाडौं आएको जहाजबाट २१ मंसिरको राति सो सुनका साथमा गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
सो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
भन्सार कार्यालयको टोलीले सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताउनु भयो । उहाँका अनुसार मंसिर २१ गते राति ११ः४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घले पक्राउ परेका थिए । उनले आफ्नो ज्याकेट बनाएर १४ किलो सुन ल्याएको फेला परेको थियो ।
विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाथरुम गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छ सदस्यीय छानविन समिति गठन गरेको छ । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई सोही दिन राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।
सुन भित्रिँदैछ भन्ने सूचना पाएको भन्सार कार्यालयले उनी आउन बित्तिकै विमानबाटै पक्राउ गरेको थियो ।
छानबिन समितिमा प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लिप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना रहनु भएको छ ।

प्रकाशित मिति २०८० मंसिर २८, बिहीबार १८:०७ गते
हजुरको प्रतिक्रिया