काठमाडौं– प्रमुख विपक्षी तीन प्रतिपक्ष दलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका विपक्षी दलका नेताहरूले संबिधान विपरित प्रधानमन्त्री नियुक्त गरिएको निष्कर्ष साउन ४ गते निकालेका हुन् ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान मिचेर सरकार गठन भएको बताउँदै यो विषयमा संसदमा प्रश्न उठाउने बताउनु भयो । उहाँले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको पुनले उल्लेख गर्नुभयो ।
उपमहासचिव पुनले संविधान मिचिएकोसहित भ्रष्टाचारका विषयहरू संसदमा सशक्त रूपमा उठाउने बताउनु भयो ।
प्रकाशित मिति २०८१ श्रावण ६, आईतवार ०६:३१ गते