जिल्लास्तरीय ‘इनफ’ अभियानका लागि पाँच बुँदे प्रतिवद्धता

जिल्लास्तरीय ‘इनफ’ अभियानका लागि पाँच बुँदे प्रतिवद्धता

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन २९ गते मङ्गलबार ११:४७

सो अवसरमा हामी नेपालीले खान नजानेका कारण पनि कूपोषण हुने गरेको उल्लेख गर्र्दै शरीरका लागि आवश्यक मात्रा खान नपाउनु मात्र कुपोषण नभई आवश्यकता भन्दा बढी खानु पनि कुपोषण हो र हुने जानकारी दिइएको थियो ।

१५ वडामा कार्यक्रम गरेर ७५ वडा त्यो अभियान के कसरी पुग्ने हो ? त्यो भने अन्योल नै छ ।

लमजुङ । लमजुङमा पोषण र भोकमरीविरुद्ध लमजुङमा अभियान सुरु भएको छ । ‘इनफ’ अभियान नाम दिइएको सो कार्यक्रमका लागि पाँच बुँदे प्रतिवद्धता गरिएको हो । ग्रामीण सामुदायिक विकास केन्द्रको आयोजनामा यहाँ आयोजित एक कार्यक्रममा त्यस्तो प्रतिवद्धता साउन २१ गते व्यक्त गरिएको हो ।
बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले लमजुङमा ‘इनफ’ अभियान सुरु भएको हो । वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा ग्रामिण सामुदायिक विकास केन्द्र आरसीडीसी लमजुङले जिल्लामा उक्त अभियान सुरु गरेको हो । सो अवसरमा तीन प्रकारका भिन्दाभिन्दै कार्यपत्र प्रस्तुत गरिएका थिए ।
जिल्लास्तरीय कार्यक्रम भनिए पनि जम्मा तीन पालिका र १५ वडाका मात्र प्रतिनिधिहरू सहभागी भएको कार्यक्रम के कसरी जिल्लास्तरीय हुन सक्ने हो भन्ने सहभागीले प्रश्न गरेका थिए । लमजुङमा स्थानीय तह आठ वटा छन् । तीमध्ये चार नगरपालिका छन् भने ७५ वटा वडाहरू रहेका छन् । १५ वडामा कार्यक्रम गरेको ७५ वडा त्यो अभियान के कसरी पुग्ने हो ? त्यो भने अन्योल नै छ ।
सो कार्यक्रममा विद्यालय तथा समुदाय क्षेत्रभित्र पत्रुखाना(जंक फुड)को अन्त्य गरी विद्यालय दिवा खाजा कार्यक्रमलाई स्थानीय बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले लमजुङमा ‘इनफ’ अभियान सुरु भएको घोषणा गरिएको हो । तत्कालका लागि तीन वर्षका लागि सञ्चालन हुने सो अभियान त्यसपछि पनि निरन्तरताका लागि आवश्यक सहयोग गर्ने आयोजकको प्रतिवद्धता थियो ।
उत्पादनसँग जोड्दै दिवा खाजाको गुणस्तर वृद्धि गर्न, पोषणको कमीले हुने रक्तअल्पता, पुड्कोपन, कमतौल, शारीरिक दुर्वलता र भविष्यमा हुने दिर्घरोगको रोगथामका लागि बालबालिका, किशोरकिशोरी, गर्भवती र सुत्केरीलाई पोषण सम्बन्धी कार्यक्रम अनिवार्य सुनिश्चित गर्ने लगायत रहेका छन् ।
तत्कालका लागि बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकामा उक्त अभियान सञ्चालन गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसीका सचिव एवम् कार्यक्रमका अध्यक्ष सोमबहादुर बिकले जानकारी दिनु भयो । उहाँतिधज्ञका अनुसार बेसीशहर नगरपालिकाको १, २, ३, ७, ८, ९, १० र ११ नम्बर वडा, सुन्दरबजार नगरपालिकाको २, ६, ७, ८, ९ नम्बर वडा र दोर्दी गाउँपालिकाको ८ र ९ नम्बर वडामा अभियान सुरु भएको छ ।
प्रतिवद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले मौलिक हकको रुपमा प्रत्याभुत गरेको खाद्य सम्प्रभुताको अधिकारलाई सुनिश्चित गर्न नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता, दिगो विकासको लक्ष्य २०३०, वृद्धिको लागि पोषण २०२१, संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन २०२१, बहुक्षेत्रीय पोषण योजना (२०८०÷८१–२०८७÷८८) तेस्रोले गरेको परिकल्पनालाई आत्मासाथ गर्दै, नेपालमा कुपोषण तथा भोकमरीलाई अन्त्य गर्ने अभिप्राय सहित २०८१ श्रावण २८ गते ९ज्ञद्द ब्गनगकत, द्दण्द्दद्ध० वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको सहकार्यमा ग्रामीण सामुदायिक विकास केन्द्रको आयोजनामा आयोजित गरेको इनफ अभियानको जिल्लास्तरीय कार्यक्रमा सहभागी सरोकारवालाहरूको तर्फबाट तपसिलको प्रतिवद्धता व्यक्त गर्न गर्दछौं ।’
प्रतिवद्धता पत्रका उल्लेख भएका बुँदाहरू :
१) विद्यालय तथा समुदाय क्षेत्रभित्र पत्रुखाना (जंक फुड)को अन्त्य गरी विद्यालय दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्दै दिवा खाजाको गुणस्तर वृद्धि गर्न,
२) गुणस्तरीय पोषण सेवाको उपलब्धता तथा सुधारको क्षेत्रमा पोषण विशेष र पोषण संवेदनशील व्यवहार रुपान्तरणको लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीच समन्वात्मक भुमिका प्रभावकारी बनाई पोषणमैत्री स्थानीय तह तथा स्वास्थ्य संस्थाहरू घोषणा गर्दै घोषणाको निरन्तरता दिन,
३) बालबालिकाको शारीरिक वृद्धि, मानसिक विकास तथा स्वस्थ जीवनको लागि पोषण शिक्षालाई लागु गर्न गर्न, अभिभावक शिक्षा लागू गर्न, जलवायु अनुकुलन खाद्य उत्पदान गर्न तथा सुनौलो हजार दिन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न,
४) पोषणको कमीले हुने रक्तअल्पता, पुड्कोपन, कमतौल, शारीरिक दुर्वलता र भविष्यमा हुने दिर्घरोगको रोगथामका लागि बालबालिका, किशोरकिशोरी, गर्भवती र सुत्केरीलाई पोषण सम्बन्धी कार्यक्रम अनिवार्य सुनिश्चित गर्न र
५) स्वस्थ, समृद्ध, बौद्धिक र सभ्य समाज निर्माणको लागि पोषणमैत्री नेपाल बनाउने अभियानमा बालबालिकासँग प्रत्यक्ष र परोक्ष सम्बन्धीत नीति निर्माण र कार्यान्वयन प्रक्रियमा बालबालिकाको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्ने उल्लेख छ ।
आफ्नो कार्यक्रमको सारांसमा वल्र्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि श्याम अधिकारीले इनफ अभियानले प्राथमिक रुपमा बाल भोकमरी र कुपोषण अन्त्यका लागि नेपाल सरकारको कार्यक्रम तथा प्रयासलाई सहयोग गरी बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने लक्ष्य लिएको बताउनु भयो । उहाँका अनुसार कार्यक्रममा नेपालमा पोषणको अवस्था, विद्यमान नीति तथा कार्यक्रम, इनफ अभियानको सोच लक्ष्य, र मुख्य प्राथमिकतामा छ । उहाँले भन्नुभयो, ‘लमजुङ देशभरका १६ जिल्लामा पहिलो चरणको अभियान सञ्चालन गरिने भएको जानकारी दिदै पहिलो पटक लमजुङमा जिल्लास्तरीय कार्यक्रम सञ्चालन गरिएको हो ।’ अन्य जिल्लामा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा सन् २००१ देखि वल्डभिजनले बालअधिकारको रक्षा तथा पोषण र स्वास्थ्यमा विशेष ध्यान दिएर बालबालिकाको कल्याणका लागि काम गरिरहेको अधिकारीको भनाइ थियो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्न देशको प्रतिबद्धता र त्यसलाई प्राप्त गर्न बहुक्षेत्रीय पोषण योजना (तेस्रो) र १६ औँ आवधिक योजना जस्ता राष्ट्रिय प्राथमिकतालाई पूरा गर्न यो अभियानले सघाउने बताउनुभयो ।
त्यस्तै अर्को कार्यपत्रमार्फत वल्र्ड भिजन इन्टरनेशनल नेपालका प्रकाश तिवारीले विश्वका विभिन्न देशमा भोकमरी र कुपोषणमा रहेका बालबालिकाको खाद्य अधिकार र पोषणको अधिकारलाई सुनिश्चित गर्ने अभिप्रायका साथ २०२३ को सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको साधारणसभाबाटै यो अभियानको घोषणा गरिएको बताउनुभयो ।
सो अवसरमा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दिपक बोमजनले लमजुङ जिल्लामा पोषणको अवस्थाको विषयमा जानकारी मूलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले अर्गानिक खाना नै आजको आवश्यकता हो र यसतर्फ हामीले समयमै सोचेर कार्यक्षेत्रमा उत्रनु पर्नेमा जोड दिनु भयो । उहाँले कस्तो उत्पादनलाई अर्गानिक भनिन्छ र कस्तो उत्पादन अर्गानिक होइन भन्ने समेत उदाहरण सहित प्रष्ट्याउने काम गर्नु भएको थियो ।
कार्यक्रमका वक्ताहरूले हामी नेपालीले खान नजानेका कारण पनि कूपोषण हुने गरेको उल्लेख गर्र्दै शरीरका लागि आवश्यक मात्राभन्दा बढी खानु पनि कुपोषण हुने बताउनु भएको थियो ।
आरसीडीसीका कार्यक्रम अधिकृत दुर्गाप्रसाद ढुंगानाले आरसीडीसीले हाल गर्दै आएको समग्र गतिविधिको विषयमा प्रकाश पारेका थिए । आरसीडीसीका सचिव सोमबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङ, सुन्दरबजार नगरपालिका उपप्रमुख भवानी के.सी, दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घले, तीनवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, वडा अध्यक्षहरू, स्वास्थ्य तथा शिक्षा शाखा प्रमुखहरू, बाल क्लबका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन आरसीडीसीका कार्यक्रम संयोजक पद्मा ढकालले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ श्रावण २९, मंगलवार ११:४७ गते
हजुरको प्रतिक्रिया