अन्ततः बेचन झा पुर्पक्षका लागि थुनामा पठाउने आदेश

अन्ततः बेचन झा पुर्पक्षका लागि थुनामा पठाउने आदेश

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ३ गते सोमबार ०७:०९

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई गत असार १४ गते प्रहरीले पक्राउ गरेको थियो । यसअघि पक्राउ परेका रामशरण केसीले दिएको बयानले उनको संलग्नता रहेको बयान दिएका थिए । तर झा फरार रहँदै आएका थिए । यसअघिको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौंले ठेगाना नखुलेको भन्दै झालाई प्रतिवादीसम्म पनि बनाएको थिएन । त्यसको कारण भने उनको पहुँच हो भन्ने आम बुझाई थियो ।

बेचनविरूद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको छ । उनी संलग्न मुद्दामा जिल्ला अदालत काठमाडौंले हेर्दाहेर्दैमा राखेर भदौ २ गते त्यस्तो आदेश दिएको हो ।
बेचनविरूद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । ती मुद्दामा न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पहिलो सुनुवाई गर्दै जिल्ला अदालतबाट झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस बाँस्कोटाले बताउनु भयो । उहाँका अनुसार
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई गत असार १४ गते प्रहरीले पक्राउ गरेको थियो । यसअघि पक्राउ परेका रामशरण केसीले दिएको बयानले उनको संलग्नता रहेको बयान दिएका थिए । तर झा फरार रहँदै आएका थिए । यसअघिको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौंले ठेगाना नखुलेको भन्दै झालाई प्रतिवादीसम्म पनि बनाएको थिएन । त्यसको कारण भने उनको पहुँच हो भन्ने आम बुझाई थियो ।
रामशरण केसीसँग प्रहरीले पुनः कागज समेत गराएको थियो । केसीले ‘मैले २०७८÷०८÷८ गते राति ८ बजे मेरो नामको हिमालयन बैंकको खाताको दुई करोडको चेक लिने बेचन झा नाम गरेका व्यक्ति हाल मेरो सामुन्ने उपस्थित भएका यिनै व्यक्ति हुन्,’ उल्लेख गर्र्दै कागज समे
त गरेको स्रोतको दावी छ । ‘उनी त्यतिबेला बानेश्वरमा बस्थे । भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई अमेरिका लैजानका लागि २०७८÷०८÷१३ गतेको मन्त्रिपरिषदको बैठकबाट केही निर्णयहरू हुन लागेको छ, उक्त निर्णय गराउन झाले केही रकमहरू मागेका छन् उनलाई चेक काटेर दिनु सो चेक ग्यारेन्टीको लागि मात्रै हो । चेक नदिए काम हुँदैन भनेर मलाई सानु भण्डारीले भनेका थिए ।’ केसीले उल्लेख गरेका छन् ।
बेचन झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै इन्कारी बयान दिएका छन् । यतिसम्म कि, झाले भुटानी शरणार्थीसम्बन्धी आफूलाई केही जानकारी नभएको बयानमा बताएको भनिएको छ । त्यसैगरी झाले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेको भनेर बयान दिएको स्रोतले बताएको छ ।
आफ्नो बयानमा झाले ‘भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन ।’ भनेका छन् ।
झाविरुद्ध नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेलमा नेताहरूसँग कुरा मिलाएको आरोप थियो । प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसहित सरकारका उच्च अधिकारीसमेत संलग्न रहेको आरोप छ । तीमध्ये केही थुनामा छन् भने केही धरौटी राखेर तारेकमा छन् ।
यो मुद्दा अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति २०८१ भाद्र ३, सोमबार १९:०९ गते
हजुरको प्रतिक्रिया