ओली–देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा ९/९ हजार धरौटी राखेर रिहा

ओली–देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा ९/९ हजार धरौटी राखेर रिहा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ १६ गते आईतबार ०७:१६

‘साधारण तारेखमा छाड्छन् होला भनेको नौ हजार धरौटी पो बुझाउनु पर्यो।’ गोपीकृष्णकी श्रीमती सरिता केसीले बताउनु भयो । दीपक र रामबहादुरले साथीहरूसँग सापट मागेर धरौटी बुझाउनु भएको हो ।

सो घटनाप्रति ओली र देउवाले मञ्चबाटै असन्तुष्टि व्यक्त गर्दै आक्रामक शैलीमा प्रस्तुत हुनु भएको थियो ।

काठमाडौं– ठूला भनिने दल सत्तासिन दलका नेताहरूविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गरिएका तीन युवा धरौटीमा रिहा हुुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति लक्षित नारावाजी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले चार दिन हिरासतमा राखेर उहाँहरूसँग ९–९ हजार रुपैयाँ धरौटी लिएर भदौ १४ गते रिहा गरेको हो ।
रिहा हुनेमा सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता गरिएको छ । टुंडिखेलमा गौरापर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताको विरोध गरेको आरोपमा उहाँहरूलाई १० गते पक्राउ गरिएको थियो । उहाँहरूविरुद्ध हुलदंगा गरेको अभियोग लगाइएको छ । साधरण तारेखमा छाड्नु पर्नेमा ९–९ हजार धरौटी लिइएकोमा उनीहरू थप असन्तुष्ट देखिनु भएको छ । विरोध गरेकै आधारमा आफूलाई थुनामा राखी मुद्दा चलाएर सरकारले निरंकुश शैली देखाएको उहाँहरूको भनाइ छ ।
सो घटनाप्रति ओली र देउवाले मञ्चबाटै असन्तुष्टि व्यक्त गर्दै आक्रामक शैलीमा प्रस्तुत हुनु भएको थियो ।
रिहाका लागि चौतर्फी दबाबका बाबजुद जिल्ला प्रहरी परिसर, काठमाडौंले एक वर्षसम्म कैद सजाय माग गरी सरकारी वकिल कार्यालयमार्फत उहाँहरूका विरुद्ध मुद्दा अगाडि बढाएको छ । प्रहरीले गोपीकृष्ण र रामबहादुरलाई नौ–नौ दिन र दीपकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लिएको थियो । उनीहरूलाई लामो समय थुनामा राख्ने प्रहरी तयारी थियो । तर, मानव अधिकारवादी तथा नेताहरूले समेत राज्य असहिष्णु र प्रतिशोधी बनेको भन्दै आलोचना भएपछि चौथो दिनमै प्रहरीले मुद्दा दायर गरी रिहा गरेको हो । नेताहरूको आलोचना गर्दा उनीहरू चार दिन हिरासतमा बस्नुप¥यो भने नौ हजार धरौटीसमेत राख्नु परेको छ ।
‘साधारण तारेखमा छाड्छन् होला भनेको नौ हजार धरौटी पो बुझाउनुपर्यो ।’ गोपीकृष्णकी श्रीमती सरिता केसीले बताउनु भयो । दीपक र रामबहादुरले साथीहरूसँग सापट मागेर धरौटी बुझाउनु भएको हो ।
गोपीकृष्ण र रामबहादुर ११ गते र ठगुन्नालाई भोलिपल्ट पक्राउ गरिएको थियो । चौतर्फी दबाबपछि प्रहरीले चौथो दिनमै नै उहाँहरू विरुद्ध मुद्दा दायर गरी रिहा गर्न बाध्य भएको हो ।
सरकारको सो कार्यको विरोध गर्ने मौलिक हकको हनन हुने गरी पक्राउ गरेर फौजदारी कसुर चलाइएको भन्दै अधिकारकर्मीदेखि विभिन्न दलका नेताहरूले विरोध गरेपछि प्रहरी नरम बनेको हो ।
पक्राउ परेकामध्ये जैसी आज १६ गते वैदेशिक रोजगारीमा जादै लाग्नुभएको छ । त्यस्तै, बुढा पनि वैदेशिक रोजगारीको तयारीमा रहनु भएको छ भने ठगुन्ना कीर्तिपुरस्थित शहीद स्मारक कलेजका विद्यार्थी हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ भाद्र १६, आईतवार ०७:१६ गते
हजुरको प्रतिक्रिया