पोखरा– बडादशैंको बेलामा राँगोले हानेर यहाँ एक जनाको ज्यान गएको छ । असोज २४ गते भएको सो घट्नाको प्रहरीले पुष्टि गरेको छ ।
पोखरा महानगरपालिका– ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरौदीमा रहेको आफ्ना माइला दाजुको भैंसी फार्ममा पालो दिन गएका थिए । प्रहरीका अनुसार उनी हिजो दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका बेला सो घट्ना भएको हो ।
पोखरा– १७ को बिरौटा टोलमा बस्दै आएका उनले सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा शिक्षण कार्य समेत गर्दथे । स्कुल बिदा भएको मौकामा दाजुलाई पालो दिन गएका बखत उनले राँगाको आक्रमणमा परी मृत्यु बरण गरेका हुन् । मृतक आचार्य ३७ वर्षका थिए ।
राँगोले हानेर उनको शरीर क्षतविक्षत बनाएको अवस्थामा भेटिएको कास्की प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनको शवको पोस्टमार्टम गरी हिजै अन्त्येष्टिका लागि पारिवारलाई बुझाइसकिएको हो ।
उनको अन्तिम संस्कारको कार्य हिजै गरी सकी आजबाट काजकृया थालिएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
प्रकाशित मिति २०८१ आश्विन २४, बिहीबार १६:२७ गते