१२ वर्षीया बालिकालाई जवर्जस्ती करणी मुद्दाका फरार आरोपि पाँच महिनापछि पक्राउ

१२ वर्षीया बालिकालाई जवर्जस्ती करणी मुद्दाका फरार आरोपि पाँच महिनापछि पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १४ गते बुधबार ०७:३२

उनले २०८० सालको फागुन २४ गते ती बालिकालाई जवर्जस्ती करणी गरेको पीडित पक्षको भनाइ छ । वारदात पश्चात भागी फरार रहेका, निज प्रतिवादी भक्तबहादुर गुरुङलाई पक्राउ गर्नको लागि सम्मानित लमजुङ जिल्ला अदालतबाट गत जेठ ४ गते पक्राउ अनुमती पाएको थियो ।

उनलाई पक्राउ पूर्जी जारी भएको पाँच महिना पछि पक्राउ गरिएको हो ।

लमजुङ– लमजुङमा १२ वर्षीया बालिकालाई जवर्जस्ती करणी मुद्दाका फरार आरोपिलाई प्रहरीले पाँच महिनापछि पक्राउ गरेको छ । मर्स्याङदी गाउँपालिका– २ बस्ने बर्ष २५ को भक्तबहादुर गुरुङलाई कास्की पोखरा महानगरपालिका– ३२ तल्लो गगनगौंडा टोलमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले कार्तिक १२ गते जनाएको छ । पक्राउ परेका उनलाई कार्तिक १४ गते जिल्ला अदालतमा पेश गरेको प्रहरीको भनाइ छ ।
उनले पीडित १२ बर्षीया बालिका नामथर परिवर्तित २०८०।०८१–३८(२०) कुमारीलाई जवर्जस्ती करणी गरेको कसुरमा भक्तबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले २०८० सालको फागुन २४ गते ती बालिकालाई जवर्जस्ती करणी गरेको पीडित पक्षको भनाइ छ ।
वारदात पश्चात भागी फरार रहेका, निज प्रतिवादी भक्तबहादुर गुरुङलाई पक्राउ गर्नको लागि सम्मानित लमजुङ जिल्ला अदालतबाट गत जेठ ४ गते पक्राउ अनुमती पाएको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङद्वारा बिशेष रूपमा खोजतलास गर्ने क्रममा कार्तिक १३ गते कास्कीको पोखरा महानगरपालिका– ३२ तल्लो गगनगौंडा टोलमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पक्राउ परेका अभियुक्त गुरुङ उपर कार्तिक १४ गते सम्मानित लमजुङ जिल्ला अदालतबाट जवर्जस्ती करणी सम्बन्धी कसुरमा १० दिनको म्याद लिई थप अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १४, बुधबार १९:३२ गते
हजुरको प्रतिक्रिया