सहकारीका पीडितहरूको रकम फिर्ता गर्ने अन्तिम पार्टी रास्वपा हुने विरोध र्यालीमा प्रतिबद्धता : फोटो फिचर

सहकारीका पीडितहरूको रकम फिर्ता गर्ने अन्तिम पार्टी रास्वपा हुने विरोध र्यालीमा प्रतिबद्धता : फोटो फिचर

नवराज पहाडी

@antaranganews

२०८१ कार्तिक २६ गते सोमबार ०९:४१

रवि लामिछाने प्रहरी कष्टडीमा रहे पनि वा जेलमै कोचिए पनि वा रिहाँ भएर बाहिर आउनु भएपनि हाम्रो सभापति भएको र रहिरहनु हुनेछे, ‘विश्वमा कतिपय यस्ता उदाहरण पनि छन् कि, जेलबाट निस्केको भोलिपल्ट उ मुलुकको प्रधानमन्त्री भएका छन् रवि पनि त्यस्तै अपवाद व्यक्ति हुने प्रवल सम्भावना बढ्दै गएको उपसभापति अर्यालले बताउनु भयो ।

आन्दोलनमा ऐक्यवद्धताका लागि विचार मिल्ने राजनीतिक दलसँग वार्ता सुरु गरिएको जानकारी ।

पोखरा– राष्ट्यि स्वतन्त्र पार्टी(रास्वपा) का उपसभापति डिपि अर्यालले सहकारीका पीडितहरूको रकम फिर्ता गर्ने अन्तिम पार्टी नै रास्वपा हुने बताउनु भएको छ । उहाँले कार्तिक ३ गतेबाट शुरु भएको शान्तिपूर्ण स्वाभिमान र राष्ट्रियताको पक्षपोषण गर्ने आन्दोलन अर्थात ‘नलो क्रान्ति’ आउँदो मंसिरदेखि सशक्त, निर्णायक हुने गरी निरन्तर रुपमा सञ्चालन तयारीमा पार्टी जुटेको छ । यहाँ आयोजित विरोध सभामा सो पार्टीका उपसभापति डिपि अर्यालले समापन मन्तव्य व्यक्त गर्दै कार्तिक २५ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले सत्तामा रहेका ठूला भनिने दलहरूलाई सर्वसाधारण जनता र राष्ट्रको मतलब छैन, मतलब हुन्थ्यो भने आजका दिनसम्म सहकारीमा हिनामिना भएको झण्डै ८८ अर्ब रुपैयाँको खोजीको प्रयास किन नगरिएको ? अनुसन्धान किन नथालिएको ? भन्ने प्रश्न उठाउँदै सत्तासित दलहरु त आफू र आफ्ना झोलेका लागि मात्र चिन्ता गर्छन् र उनीहरुको मात्र पक्ष पोषण गर्छ भन्नुभयो । उहाँले सहकारी मात्र नभइ लघुवित्त लगायतका समस्या समेत त्योसँगै समाधान हुनेसमेत जानकारी दिनुभएको थियो ।
मंसिरदेखि निर्णायक, सशक्त आन्दोलन हुने र त्यसका लागि विचार मिल्ले अन्य दलसँग पनि सहकार्यका प्रयास जारी रहेको उपसभापति अर्यालले जानकारी दिनुभयो । आन्दोलनको निरन्तरता पाउनुनै ठूलो विषय हो, संख्याले खासै अर्थ राख्दैन किनकि सत्य प्रायः एक्लो हुन्छ उहाँले भन्नुभयो । उहाँले विशेष तयारीका लागि राष्ट्रियस्तरको आन्दोलनका लागि जुट्ने पार्टीले गृह कार्य गरिरहेको र त्यसका लागि आफू निरन्तर पार्टी सभापति रवि लामिछानेसँग परामर्शमा रहेको बताउनु भयो । उहाँले आज विहान पनि आफूले उहाँलाई भेटेको, ऐले पनि अदालतमा सँगै रहेको तर बहस लम्बिने संकेत देखिएपछि आफू यहाँ आएको उल्लेख गर्नु भयो ।
सभापति रवि लामेछाने जहाँ रहेपनि हाम्रो सभापति हो र रहिरनु हुनेछ :
उहाँले पार्टी सभापति रवि लामेछानेले हिरासतमा हुँदा पनि कार्यवाहक नदिएको भन्दै उठाइने गरेका प्रश्नप्रति संकेत गर्दै भन्नुभयो, ‘उहाँ सधैं हाम्रो सभापति हो, यो सन्दर्भमा कावा सभापतिको प्रश्न गौण हो । रवि लामिछाने प्रहरी कष्टडीमा रहे पनि वा जेलमै कोचिए पनि हाम्रो सभापति भएको र रहिरहनु हुने छ ।

उहाँले थप भन्नुभयो, ‘विश्वमा कतिपय यस्ता उदाहरण पनि छन् कि, जेलबाट निस्केको भोलिपल्ट उ मुलुकको प्रधानमन्त्री भएको छ । रवि पनि त्यस्तै अपवाद व्यक्ति हुने प्रवल सम्भावना बढ्दै गएको उहाँले उल्लेख गर्नु भयो ।
सो सभामा सांसद शिव नेपाली, रास्वपाका गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठी, कास्कीको रास्वपाका उपसभापति राजु राई, युवा व्यवसायी अशाक खड्का तथा सहकारी पीडित अनु श्रेष्ठले समेत आआफ्ना भनाइ राख्नु भएको सो कार्यक्रमको समापन कास्कीका सभापति योगराज पौडेलले गर्नु भएको थियो ।
यहाँ स्थित जिरो किमिबाट सुरु भएको विरोध प्रदर्शन सिर्जना चोक, पुरानो बजार, बगाले टोल हुँदै चिप्ले ढुंगाबाट महेन्द्र पुल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सो दलको कास्की शाखाको संयोजकत्वमा भएको उक्त ¥यालीमा मंसिरको बेलामा मौसममा देखिएको गडबडी र वर्षदिनको खेती (धान) धन्क्याउने माचोका कारण सहभागितामा केही कमीजस्तो देखिएको आयोजकको भनाइ छ । प्रस्तुत छ, सो कार्यक्रमको फोटो फिचर :   

प्रकाशित मिति २०८१ कार्तिक २६, सोमबार ०९:४१ गते
हजुरको प्रतिक्रिया